विमा एेन २०४९ अनुसार सबै कम्पनीको नियम, कानुन र प्रकृति एउटै हुन्छ । पुरानो ९ बटा जीवन विमा कम्पनी र हालै मात्र सञ्चालनमा आउदै गरेका १० गरि १९ वटा जीवन विमा मध्ये ब्यक्तिगत रिलेसनको आधारमा जता काम गर्दा सहज हुन्छ त्यतै रोज्दा हुन्छ ।
त्यसैले १९ बटै जीवन विमा कम्पनी उत्कृष्ट, सफल र राम्रा मान्नुपर्छ । जीवन विमामा काम गर्दा संचालक कस्ता छन, कम्पनीको बार्षिक प्रतिबेदन कस्तो छ, मिर्तुदाबी भुक्तानी सहजै हुन्छ कि हुदैन, बोनसदर बढदै गएको छ कि छैन, शाखा प्रमुखको ब्यबहार कस्तो छ, आदि कुरालाई मुख्य ख्याल गर्नु पर्छ ।
समग्रमा भन्दा सबै विमा कम्पनीको उद्देश्य जोखिम बहन गर्नु नै हो । पुराना कम्पनीले तोकिएको पूँजी पुर्याउनु पर्ने हुन्छ भने नयाँ कम्पनी समितिले तोकेको पुँजी पहिले नै पुर्याएर सञ्चालनमा आउदै छन । तेसैले जुन कम्पनीले जनताको घरमै सेवा पुर्याउछ उसैले बजारमा कब्जा जमाउछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस