Like us!
Follow us!
Connect us!
Watch us!

बाढी पिडितलाई नेपाल चेम्बर अफ कमर्सले एक करोडमाथिको सहयोग गर्ने

बुधबार, ३२ साउन २०७४, ०८ : ५४ मा प्रकाशित

बाढी पिडितलाई नेपाल चेम्बर अफ कमर्सले एक करोडमाथिको सहयोग गर्ने

अर्थ संसार, काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले बाढीपहिरो पिडितलाई एक करोड एक लाखमाथिको सहयोग गर्ने भएको छ ।

कमर्सको आकस्मिक विशेष वैठकले देशका विभिन्न भूभागमा आएको अविरल वर्षाले उत्पन्न भीषण वाढीपहिरोबाट पीडितहरुलाई रु एक करोड एक लाखको (नगद एवं जिन्सी) राहत प्रदान गर्ने निर्णय गरेको छ हो ।

कमर्सले वाढीपीडित परिवारलाई पाथमिकताको आधारमा रोजगारीका लागि पनि पहल गर्नुको साथै  वाढीपीडितलाई सहयोग गर्न इच्छुक दाताहरुलाई ग्लोबल आईएमई बैंक लिमिटेड कान्तिपथको खाता नं. ०१०१०१०००६१२३ मा रकम जम्मा गर्न सक्ने व्यवस्था गरेको छ ।
त्यसै गरी दैविक एवं प्राकृतिक प्रकोपबाट पीडितहरुलाई राहत पुयाउन चेम्वरले २३ सदस्यीय Disaster Relief Cell गठन गरेको छ ।

Disaster Management Cell को संयोजकमा चेम्वरका उपाध्यक्ष राजेन्द्र मल्ल एवं सहसंयोजकद्धयमा दीपक मलहोत्रा र किसन अग्रवाल रहनुभएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको