Like us!
Follow us!
Connect us!
Watch us!

बाढीका कारण अवरुद्ध पूर्वाञ्चलको विद्युत् सुरु, केही जिल्ला अझै अन्धकार

बुधबार, ३२ साउन २०७४, १६ : २४ मा प्रकाशित

बाढीका कारण अवरुद्ध पूर्वाञ्चलको विद्युत् सुरु, केही जिल्ला अझै अन्धकार

अर्थ संसार, काठमाडौ– नेपाल विद्युत प्राधिकरणका अनुसार झापा, इलाम, पाँचथर र ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुटा, सुनसरी र मोरङ तथा धरान लगायतका क्षेत्रमा मंगलबार देखिनै आपूर्ति सुचारु भएको छ ।

उर्जा मन्त्रालयले गरेको पहलकदमीका कारण विद्युत् आपूर्ति सहज भएको बताइएको छ।
कर्मचारीको रातदिनको मेहनतले छोटो समयमै विपतमा परेका जनताको घरमा विद्युत आपूर्ति सुचारु गर्न सम्भव भएको बताइन्छ । विपतकोबेला देखाएको पहलकदमी प्रशंसनिय भएको बताए ।
 
अझै एकाध जिल्लामा  अहिलेपनि विद्युत सेवा अवरुद्ध रहेको छ । मध्य क्षेत्रमा  पनि विद्युत सेवा सुचारु गर्न युद्धस्तरमा काम भैरहेको प्राधिकरणले जनाएको छ ।

अविरल वर्षाका कारण प्राधिकरणको करोडौंको भौतिक क्षती भएको छ । उता भारतबाट आयात गर्ने विद्युत तथा विभिन्न आयोजनाबाट उत्पादित विद्युत खेरजाँदा प्राधिकरणलाई करोडौको आर्थिक नोक्सानी हुने देखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको