Like us!
Follow us!
Connect us!
Watch us!

बीमा ऐन २०७९ कार्यान्वयनमा :बीमा समिति बीमा प्राधिकरण बन्ने

अर्थ संसार

सोमबार, २४ असोज २०७९, ०७ : २६ मा प्रकाशित

बीमा ऐन २०७९ कार्यान्वयनमा :बीमा समिति बीमा प्राधिकरण बन्ने

बिमा विधयेक प्रमाणीकरण भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बीमा विधेयक प्रमाणिकरण गरेकी छिन् । भण्डारीले संघीय संसदको दुबै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणको लागि पेश हुन आएको बीमा विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणिकरण गरेकी हुन् ।

बीमा विधेयक सँगै सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण भएको छ ।

बीमा विधेयक प्रमाणिकरण भए सँगै अबदेखि बीमा ऐन २०७९ कार्यान्वयनमा आउने भएको छ । बीमा ऐन २०७९ अनुसार अव बीमा समिति बीमा प्राधिकरण हुनेछ । साथै अहिले कार्यान्वयनमा रहेको बीमा ऐन २०४९ र राष्ट्रिय बीमा संस्थान ऐन पनि खारेज हुनेछ । यस सँगै राष्ट्रिय बीमा संस्थान अव पुर्ण रुपमा बीमा समितिको नियमन भित्र परेको छ । अव सम्पुर्ण निर्देशनको कार्यान्वयन गर्न बीमा संस्थान बाध्य हुनेछ ।

बीमा ऐन २०७९ ले बीमा क्षेत्रमै कायापलट गर्ने बीमकहरु बताउछन् । बीमा विधेयक २०७५ मै दर्ता भए पनि धेरै लामो समय विवादित बन्यो । लामो विवाद पछि अर्थसमितिको सुझावको कार्यन्वयन सँगै बीमा ऐन कार्यान्वयनमा आएको छ । राष्ट्रपतिले लालमोहर लगाए सँगै बीमा ऐन २०७९ कार्यान्वयनमा आएको हो ।

बीमा समितिले केहि दिन भित्रमा सञ्चालक समितिको बैठक मार्फत बीमा समितिको नाम परिवर्तन गरी बीमा प्राधिकरण राख्नेछ । बीमा समितले पछिल्लो समय जारी गरेको लघु बीमाको लाइसेन्सको व्यवस्थापन पनि यहि ऐन अन्तर्गत पर्न सफल भएको छ ।

यो ऐनमा बीमा प्राधिकरणको अध्यक्ष, सञ्चालक समिति, बीमा कम्पनीको सञ्चालक समिति, सञ्चालक समितिका पदाधिकारीको योग्यता, प्रमुख कार्यकारी अधिकृतको योग्यता तथा काम कर्तव्य र अधिकारी समेत समेटिएको छ । 

63437aa26d522.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको