Like us!
Follow us!
Connect us!
Watch us!

कति आयो ङादी ग्रुपको लिलामी सेयरको कट अफ प्राइस ?

अर्थ संसार

सोमबार, २४ असोज २०७९, १६ : ०९ मा प्रकाशित

कति आयो ङादी ग्रुपको लिलामी सेयरको कट अफ प्राइस ?

ङादी ग्रुप पावर कम्पनी लिमिटेडले असोज २ गतेदेखि असाेज १३ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरमा परेकाे बाेलपत्रहरू खाेलिएकाे छ ।

उक्त सेयरकाे प्रारम्भिक कट अफ प्राइस सार्वजनिक भइसकेको छ । प्रारम्भिक विवरण अनुसार लिलामी सेयरमा १ सय ६१ रूपैयाँ कट अफ कायम भएको निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।

ङादी ग्रुप पावरले गत १८ साउनदेखि भदाै ७ गतेसम्म १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ९३ लाख ४६ हजार ६९६ कित्ताका लागि मात्र आवेदन परेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले सर्वसाधारण समूहको १२ लाख ५७ हजार २९० कित्ता सेयर लिलामीमा ल्याएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको