Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक समूहको ५० हजार कित्ता सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, २६ असोज २०७९, ०९ : ४० मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक समूहको ५० हजार कित्ता सेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक समूहको ५० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो । 

यसअघि प्रचलित कानुनबमोजिम उक्त सेयर संस्थापक सेयरधनीहरुलाई बिक्री खुला गरिएको थियो । तर, बैंकले दिएको ३५ दिनको अवधिमा संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन परेन । अब उक्त सेयरमा इच्छुक अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन पेस गर्न सक्नेछन् । यसका लागि बैंकले १५ दिनको समय दिएको छ । 

यो अवधिमा इच्छुक व्यक्ति तथा संस्थाले आवश्यक कागज प्रमाण संलग्न गरी काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सक्नेछन् 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको