Like us!
Follow us!
Connect us!
Watch us!

अब पठाओ प्रयोगकर्ताले  डिजिटल वालेट छिटो पैसाबाट भुक्तानी गर्न सक्ने

अर्थ संसार

बुधबार, २६ असोज २०७९, ११ : ५८ मा प्रकाशित

अब पठाओ प्रयोगकर्ताले  डिजिटल वालेट छिटो पैसाबाट भुक्तानी गर्न सक्ने

राइड सेयरिङ प्लेटफर्म पठाओले डिजिटल वालेट छिटो पैसासँग सहकार्य गरेको छ । पठाओ नेपाल प्रालिका निर्देशक शशांक समशेर थापा र छिटो पैसा प्रालि (डिजिटल वालेट) का सहसंस्थापक प्रविन रेग्मीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त वालेट एप प्रयोग गर्दा सेवाग्राहीले सजिलै राइडर, फुडम्यान र क्याप्टेनलाई सोही एपमार्फत रकम भुक्तानी गर्ने र राइडर, फुडम्यान र क्याप्टेनले पनि सोही एपबाटै पठाओलाई दिनुपर्ने रकम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

२५ सेप्टेम्बर २०१८ देखि बाइकमा राइड सेयरिङमार्फत सेवा सुरू गरेको पठाओले ४ वर्षे यात्रा पूरा गरेको छ । काठमाडौं उपत्यकामा निकै लोकप्रिय भएको पठाओले चितवनमा पनि सेवा सुरु गरेको छ ।

पठाओले बाइकबाहेक ट्याक्सी सेवा र फुड डेलिभरीको सेवा पनि दिँदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको