Like us!
Follow us!
Connect us!
Watch us!

दुई पांग्रे राइड सेयरिङ चलाउनेले काठमाडौं महानगरलाई प्रतिमहिना १०० रुपैयाँ तिर्नुपर्ने

अर्थ संसार

मंगलबार, ११ असार २०८१, १३ : ०४ मा प्रकाशित

दुई पांग्रे राइड सेयरिङ चलाउनेले काठमाडौं महानगरलाई प्रतिमहिना १०० रुपैयाँ तिर्नुपर्ने

दुई पांग्रे राइड सेयरिङ चलाउनेले काठमाडौं महानगरलाई प्रतिमहिना १०० रुपैयाँ तिर्नुपर्ने भएको छ । महानगरपालिकाले सोमबार प्रस्तुत गरेको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८१ मा महानगरले सवारी साधन कर शीर्षकमा यस्तो कर उठाउने उल्लेख गरेको हो ।

यात्रु ओसारपसार गर्ने रिक्सा बाहेकका दुई पांग्रे सवारी साधनहरु आवद्ध प्रणाली सञ्चालकबाट प्रति सवारी साधन मासिक १ सयका दरले साना सवारी साधन कर दर्ता/नविकरण गरी असुल गरिने उल्लेख छ ।

यससँगै पठाओ, इन्ड्राइभका प्रति राइडरबाट सम्बन्धित राइड सेयरिङ कम्पनीले कर तिर्नु पर्ने भएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको