Like us!
Follow us!
Connect us!
Watch us!

१० भन्दा कम पिई भएका ६ कम्पनी : भ्याल्यू इन्भेष्टमेन्टका लागि उत्कृष्ट !

अर्थ संसार

बुधबार, २६ असोज २०७९, १४ : ४७ मा प्रकाशित

१० भन्दा कम पिई भएका ६ कम्पनी : भ्याल्यू इन्भेष्टमेन्टका लागि उत्कृष्ट !

विश्वमा सेयर बजारबाट मनग्य नाफा कमाएका जति पनि लगानीकर्ताहरू छन् ती सबैले भ्याल्यू इन्भेष्टमेन्ट गर्ने गर्दछन् । यस्ता प्रकारका लगानीकर्ताहरूले स्टक छनोट गर्दा न्यून पिई रेसियो भएका कम्पनीहरू छान्ने गर्दछन् । १० भन्दा कम पिई रेसियो भएको कम्पनीहरू त भ्याल्यू इन्भेष्टमेन्टका लागि उत्कृष्ट नै मानिन्छ । 

भ्याल्यू इन्भेष्टमेन्ट

उत्कृष्ट वित्तीय अवस्था भएका कम्पनीहरू जब बजारमा सस्ताे मूल्यमा पाइन्छ त्यस्ताे बेलामा सेयरहरु खरिद गर्ने प्रक्रियालाई भ्याल्यू इन्भेष्टमेन्ट भनिन्छ । 

अझ अर्काे अर्थमा भन्नु पर्दा भ्याल्यू इन्भेष्टमेन्ट भनेको आफ्नो वास्तविक मूल्य भन्दा कम भाउ भएका सेयरहरु पत्ता लगाउने, अनुसन्धान गर्ने र खरिद गर्ने काम हो । 

सेयर बजारका बादशाह वारेन बफेट सधैँ भ्याल्यू इन्भेष्टिङ रणनीतिमा अडिग रहन्छन् । यस रणनीतिमा अडिग रहेर नै उनी अर्बाैँ डलर कमाउन सफल भएका छन् । वारेन बफेटकाे एउटा वाक्य छ, ‘प्राइस इज वाट यू पे, भ्यालु इज वाट यू गेट’ अर्थात तिमीले जे तिर्छौ त्यो प्राइस हो, जे पाउँछौँ त्यो भ्यालु हो । भ्यालु र प्राइसको तुलना गर्न लगानीकर्ता सक्षम हुनुपर्ने भन्दै उनले भ्यालु बुझ्ने लगानीकर्ताले सेयर बजारबाट कहिल्यै गुुमाउनु नपर्ने तर्क व्यक्त गरेका छन् । 

पिई रेसियाे

कम्पनीको सेयरको बजार मूल्य र प्रतिसेयर आम्दानीबीचको अनुपात प्राइस टु अर्निङ (पिई) रेसियो हो । कुनै पनी कम्पनीको पिई रेसियो कम्पनीको हालको प्रतिसेयर मूल्यलाई कम्पनीको प्रतिसेयर आम्दानीले भाग गरेर निकाल्ने गरिन्छ । 

कुनै पनि कम्पनीकाे सेयरमूल्यलाई मूल्य आम्दानी अनुपात (पिई रेसियाे) ले प्रत्यक्ष रूपमा प्रभावित पार्ने गर्दछ । कम्पनीकाे सेयरमूल्यलाई प्रभाव पार्ने कुराहरू भनेका पिई रेसियाे, खूद सम्पत्ती, कूल सम्पत्ती, प्रतिशेयर आम्दानी, संचित नोक्सानी, सञ्चालन खर्च आदी हुन् ।

कम्पनीकाे प्रतिसेयर आम्दानी हेरेर बजारमा सेयरकाे मूल्य कति गुणा बढीमा किनबेच भइरहेकाे छ भनेर यसले छु्ट्याउन हामीलाई सघाउँछ । कम्पनीले यतिकै आम्दानी हरेक वर्ष गर्दा अहिले बजारमा किनेकाे सेयरले कति समयमा लगानी फिर्ता गर्ला भनेर पिइ रेसियाे हेरेर अनुमान लगाउन सकिन्छ । 

कम्पनीको छनौट गर्दा सकेसम्म कम पिइ रेसियो रहेका कम्पनीको छनौट गर्नु पर्दछ । नयाँ लगानीकर्ताहरुले १५ भन्दा कम पिइ रेसियो भएका कम्पनीहरुमा लगानी गर्न सकेमा त्यो लगानी बढी सुरक्षित हुन सक्दछ । १० भन्दा कम पिइ रेसियो भएका कम्पनी त झनै उत्कृष्ट मानिन्छन् । आज हामी यहाँ पिई रेसियाे १० भन्दा कम भएका ६ वटा कम्पनीहरूकाे कुरा गर्दैछाैँ ।

१० भन्दा कम पिई भएका ६ कम्पनीहरू यस प्रकारका छन् :

१. बाेटलर्स नेपाल (BNL)

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उत्पादन तथा प्रषाेधन समूहमा सूचिकृत बाेटलर्स नेपालकाे अन्तिम मूल्य अनुसार हाल कम्पनीकाे पिई रेसियाे ४.९४ गुणा रहेकाे छ । 

२. नेपाल ल्युब आयल कम्पनी लिमिटेड (NLO)

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उत्पादन तथा प्रषाेधन समूहमा सूचिकृत नेपाल ल्युब आयल कम्पनी लिमिटेडकाे अन्तिम मूल्य अनुसार हाल कम्पनीकाे पिई रेसियाे ४.२७ गुणा रहेकाे छ । 

३. रिडी पावर कम्पनी लिमिटेड (RIDI)

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाइड्राेपावर समूहमा सूचिकृत रिडी पावर कम्पनी लिमिटेडकाे अन्तिम मूल्य अनुसार हाल कम्पनीकाे पिई रेसियाे ७.६१ गुणा रहेकाे छ । 

४. सनराइज बैंक लिमिटेड (SRBL)

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा वाणिज्य बैंक समूहमा सूचिकृत सनराइज बैंक लिमिटेडकाे अन्तिम मूल्य अनुसार हाल बैंककाे पिई रेसियाे ९.२२ गुणा रहेकाे छ । 

५. कुमारी बैंक लिमिटेड (KBL)

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा वाणिज्य बैंक समूहमा सूचिकृत कुमारी बैंक लिमिटेडकाे अन्तिम मूल्य अनुसार हाल बैंककाे पिई रेसियाे ९.६५ गुणा रहेकाे छ । अहिले मर्जर प्रकृयामा गएका कारण दाेश्राे बजारमा बैंककाे काराेबार राेक्का छ । 

६. प्रभु बैंक लिमिटेड (PRVU)

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा वाणिज्य बैंक समूहमा सूचिकृत प्रभु बैंक लिमिटेडकाे अन्तिम मूल्य अनुसार हाल बैंककाे पिई रेसियाे ९.७६ गुणा रहेकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको