Like us!
Follow us!
Connect us!
Watch us!

निकै सस्तियाे वाणिज्य बैंककाे सेयरमूल्य, १८ वटा वाणिज्य बैंककाे पीई २० भन्दा कम

अर्थ संसार

शुक्रबार, ०३ चैत्र २०७९, १४ : ५५ मा प्रकाशित

निकै सस्तियाे वाणिज्य बैंककाे सेयरमूल्य, १८ वटा वाणिज्य बैंककाे पीई २० भन्दा कम

पछिल्लो समय नेपाली सेयर बजार निरन्तर घट्दो क्रममा छ । कुनै बेला ३२०० नाघेको बजार अहिले १९०० को विन्दुमा झरिसकेको छ । सेयर बजार निरन्तर ओरालो लाग्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएका कम्पनीहरूको सेयरमूल्य पनि निकै तल्लो विन्दुमा आईसकेको छ । यतिबेला दोश्रो बजारमा सूचिकृत अधिकांश कम्पनीको सेयरमूल्य धेरै नै सस्तिएको छ । आज हामी यहाँ वाणिज्य बैंक समूहको मात्रै चर्चा गर्नेछौँ ।

नेपालको बजारलाई बैंक तथा वित्तिय संस्थाहरुको बाहुल्यता रहेको सेयर बजारका रुपमा पनि हेर्ने गरिन्छ । मर्जर र एक्विजिसनपछि हाल धितोपत्र दोश्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २० वटा वाणिज्य बैंक सूचिकृत रहेका छन् । २० वटा वाणिज्य बैंकमध्ये ७ वटा वाणिज्य बैंकको सेयरमूल्य २०० भन्दा कम रहेको छ । यतिबेला वाणिज्य बैंकको सेयरमूल्य धेरैमा ७ सय ५० रूपैयाँसम्म र थोरैमा एक सय ७८ रूपैयाँसम्म रहेको छ ।

२० वटा वाणिज्य बैंकमध्ये, २ वटा बैंकको पीई रेसियो मात्रै २० भन्दामाथि छ । अन्य सबै बैंकको पीई रेसियो २० भन्दा कम छ । बैंकहरूको पीई रेसियो थोरैमा ९ गुणासम्म रहेको छ ।

कम्पनीको सेयरको बजार मूल्य र प्रतिसेयर आम्दानीबीचको अनुपात प्राइस टु अर्निङ (पीई) रेसियो हो । यो अनुपात कम (१ भन्दा कम) भएका सेयर शंकास्पद हुन्छन, १० देखि २० सम्मका तुलनात्मक रुपमा सुरक्षित हुन्छन्, २० भन्दा माथिका जोखिमयुक्त हुन्छन् । शंकास्पद भन्नुको अर्थ कम पीई रेसियो हुनुमा लगानीकर्ताहरुले पहिचान नगरेकाले बजार मूल्य कम हुँदा पीई पनि कम हुन्छ भने अर्कोतिर कम्पनीले नाफा नै कम गरेकोले इपिएस कम भई पीई पनि न्युन हुन सक्छ । त्यसैले कुन कारणले पीई कम भएको हो पत्ता लगाउनु पर्छ ।

वाणिज्य बैंकहरुको अन्तिम कारोबार मूल्य र पीई रेसियो तलकाे तालिकामा उल्लेख गरिएकाे छ :

    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको