Like us!
Follow us!
Connect us!
Watch us!

५ वटा वाणिज्य बैंकसहित ७ कम्पनीकाे पिई १० भन्दा कम

अर्थ संसार

बुधबार, ०६ पुस २०७९, १६ : ०१ मा प्रकाशित

५ वटा वाणिज्य बैंकसहित ७ कम्पनीकाे पिई १० भन्दा कम

कम्पनीको सेयरको बजार मूल्य र प्रतिसेयर आम्दानीबीचको अनुपात प्राइस टु अर्निङ (पिई) रेसियो हो । कुनै पनी कम्पनीको पिई रेसियो कम्पनीको हालको प्रतिसेयर मूल्यलाई कम्पनीको प्रतिसेयर आम्दानीले भाग गरेर निकाल्ने गरिन्छ । 

कुनै पनि कम्पनीकाे सेयरमूल्यलाई मूल्य आम्दानी अनुपात (पिई रेसियाे) ले प्रत्यक्ष रूपमा प्रभावित पार्ने गर्दछ । कम्पनीकाे सेयरमूल्यलाई प्रभाव पार्ने कुराहरू भनेका पिई रेसियाे, खूद सम्पत्ती, कूल सम्पत्ती, प्रतिसेयर आम्दानी, सञ्चित नोक्सानी, सञ्चालन खर्च आदी हुन् ।

कम्पनीकाे प्रतिसेयर आम्दानी हेरेर बजारमा सेयरकाे मूल्य कति गुणा बढीमा किनबेच भइरहेकाे छ भनेर यसले छु्ट्याउन हामीलाई सघाउँछ । कम्पनीले यतिकै आम्दानी हरेक वर्ष गर्दा अहिले बजारमा किनेकाे सेयरले कति समयमा लगानी फिर्ता गर्ला भनेर पिइ रेसियाे हेरेर अनुमान लगाउन सकिन्छ । 

कम्पनीको छनौट गर्दा सकेसम्म कम पिइ रेसियो रहेका कम्पनीको छनौट गर्नु पर्दछ । नयाँ लगानीकर्ताहरुले १५ भन्दा कम पिइ रेसियो भएका कम्पनीहरुमा लगानी गर्न सकेमा त्यो लगानी बढी सुरक्षित हुन सक्दछ । १० भन्दा कम पिई रेसियो भएको कम्पनीहरू त भ्याल्यू इन्भेष्टमेन्टका लागि उत्कृष्ट नै मानिन्छ । विश्वमा सेयर बजारबाट मनग्य नाफा कमाएका जति पनि लगानीकर्ताहरू छन् ती सबैले भ्याल्यू इन्भेष्टमेन्ट गर्ने गर्दछन् । यस्ता प्रकारका लगानीकर्ताहरूले स्टक छनोट गर्दा न्यून पिई रेसियो भएका कम्पनीहरू छान्ने गर्दछन् । उत्कृष्ट वित्तीय अवस्था भएका कम्पनीहरू जब बजारमा सस्ताे मूल्यमा पाइन्छ त्यस्ताे बेलामा सेयरहरु खरिद गर्ने प्रक्रियालाई भ्याल्यू इन्भेष्टमेन्ट भनिन्छ । अझ अर्काे अर्थमा भन्नु पर्दा भ्याल्यू इन्भेष्टमेन्ट भनेको आफ्नो वास्तविक मूल्य भन्दा कम भाउ भएका सेयरहरु पत्ता लगाउने, अनुसन्धान गर्ने र खरिद गर्ने काम हो । 

यतिबेला ६ वटा वाणिज्य बैंकसहित ८ कम्पनीकाे पिई १० भन्दा कम भएकाे छ । आज हामी यहाँ पिई रेसियाे १० भन्दा कम भएका ८ वटा कम्पनीहरूकाे कुरा गर्दैछाैँ ।

१० भन्दा कम पिई भएका ८ कम्पनीहरू यस प्रकारका छन् :

१. बाेटलर्स नेपाल (BNL)

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उत्पादन तथा प्रषाेधन समूहमा सूचिकृत बाेटलर्स नेपालकाे अन्तिम मूल्य अनुसार हाल कम्पनीकाे पिई रेसियाे २.७० गुणा रहेकाे छ । 

२. नेपाल ल्युब आयल कम्पनी लिमिटेड (NLO)

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उत्पादन तथा प्रषाेधन समूहमा सूचिकृत नेपाल ल्युब आयल कम्पनी लिमिटेडकाे अन्तिम मूल्य अनुसार हाल कम्पनीकाे पिई रेसियाे ३.६२ गुणा रहेकाे छ । 

३. ग्लोबल आईएमई बैंक (GBIME)

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा वाणिज्य बैंक समूहमा सूचिकृत ग्लोबल आईएमई बैंक लिमिटेडकाे अन्तिम मूल्य अनुसार हाल बैंककाे पिई रेसियाे १० गुणा रहेकाे छ । 

४. कुमारी बैंक लिमिटेड (KBL)

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा वाणिज्य बैंक समूहमा सूचिकृत कुमारी बैंक लिमिटेडकाे अन्तिम मूल्य अनुसार हाल बैंककाे पिई रेसियाे ६.६८ गुणा रहेकाे छ । 

५. नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (NCCB)

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा वाणिज्य बैंक समूहमा सूचिकृत नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडकाे अन्तिम मूल्य अनुसार हाल बैंककाे पिई रेसियाे ९.९४ गुणा रहेकाे छ । 

६. नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (NIB)

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा वाणिज्य बैंक समूहमा सूचिकृत नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे अन्तिम मूल्य अनुसार हाल बैंककाे पिई रेसियाे ८.८६ गुणा रहेकाे छ । 

७. प्रभु बैंक लिमिटेड (PRVU)

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा वाणिज्य बैंक समूहमा सूचिकृत प्रभु बैंक लिमिटेडकाे अन्तिम मूल्य अनुसार हाल बैंककाे पिई रेसियाे ८.९३ गुणा रहेकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको