Like us!
Follow us!
Connect us!
Watch us!

ताप्लीमा लगाइएको तीन हजार बोट गाँजा नष्ट

अर्थ संसार

बुधबार, २६ असोज २०७९, २१ : ०९ मा प्रकाशित

ताप्लीमा लगाइएको  तीन हजार बोट गाँजा नष्ट

जिल्ला प्रहरी कार्यालय उदयपुरले उदयपुरको ताप्ली गाउँपालिका– ३ मा लगाइएको अबैध ३ हजार बोट गाँजा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय कटारी, प्रहरी चौकी रामपुर झिल्केबाट प्रहरी सहायक निरीक्षक यज्ञबहादुर श्रेष्ठ सहित प्रहरी टोलीले ताप्ली गाउँपालिका– ३ अन्र्तगत डाँडागाउँ, फुर्के, दगलेमा लगाएको अबैध गाँजा नष्ट गरेको हो ।

त्यस क्षेत्रमा गाँजा नष्ट गर्ने अभियान सुरु गरेको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले जानकारी दिए । अहिले इलाका प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीहरुबाट टोली खटाएका र आवश्यक परे  जिल्ला प्रहरीबाट समेत टोली खटाउने तयारीमा रहेको डिएसपी कार्कीले बताए ।

प्रहरीले त्यस क्षेत्रमा बिगत ११ वर्ष देखि नियमित रुपमा गाँजा फडानी गर्दै आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको