Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावर कम्पनी युुद्ध स्तरमा आयोजनाहरु बनाउँदै (फोटो र भिडियोसहित)

विहीबार, ०१ भदौ २०७४, १० : ३२ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– अपि पावर कम्पनी लिमिटेडले यस आ.व को आफ्नो पछिल्लो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । कम्पनीको वित्तिय विवरण अनुसार कम्पनीको हाल चुक्ता पूँजि रु १०५ करोड रहेको छ र कम्पनीको जगेडा कोषमा रु ८.८६ करोड रहेको छ ।

अघिल्लो बर्षको यहि त्रैमासमा कम्पनीको चुुक्ता पूँजि रु १०० करोड र जगेडा कोषमा रु ६.७१ करोड रहेको थियो ।

यसरी जगेडा कोषमा ३२ प्रतिशतको प्रगती भएको उल्लेख गरिएको छ । कम्पनीको यस बर्ष विद्युत बिक्रीबाट १३.८१ करोड प्राप्त गरेको छ । कम्पनीको नेट वर्थ प्रति शेयर रु १०८.४४ रहेको छ । कम्पनीले गरेको अन्य लगानी रु १४ करोड छ ।

कम्पनीले अरुण कावेली पावर लिमिटेडमा रु ५ करोड र अपि हाइड्रो मेकानिकल कम्पनी लिमिटेडमा रु ७ करोड लगानी गरेको छ ।

अरुण कावेली पावर लिमिटेडले निर्माण गरिरहेको २५ मे.वा क्षमताको आयोजनाले यसै बर्षबाट आफ्नो उत्पादन शुरु गर्नेछ र यस बाट कम्पनीलाई मुनाफा प्राप्त हुनेछ । अपि हाइड्रो मेकानिकल कम्पनी लिमिटेड नियमित नाफामा रहेको संस्था भएको र यसबाट दिर्घकालिन फाइदा कम्पनीलाई प्राप्त हुनेछ ।

स्मरण रहोस् अपि पावर कम्पनीले केवल १७ महिनामा ८.५ मे.वा क्षमताको नौगड गाढ साना जलविद्युत आयोजनाको निर्माण सफल रुपमा समापन गरि हाल पनि नियमित रुपमा नेपाल विद्युत प्राधिकरणलाई विद्युत आपूर्ति गरिरहेको छ ।

कम्पनीले शुरुमै आफ्नो चुक्ता पूँजि बढाई हाल निर्माणमा रहेको ८ मे.वा क्षमताको अप्पर नौगड गाढको लागि समेत रकम संकलन गरेको थियो । यो निर्माणाधिन ८ मे.वा क्षमताको आयोजना २०७५ साल बैशाख भित्र सम्पन्न गर्ने गरि कार्य भईरहेको छ ।

दुवै आयोजना दार्चुला जिल्लामा रहेको छ र उत्पादित विद्युत बलाँच सवस्टेशनमा जडान हुनेछ । सवस्टेशन पूर्ण रुपमा संचालनमा रहेको छ । यस अर्थमा विद्युत प्रवाह गर्न दुवै आयोजनालाई कुनै समस्या रहनेछैन ।

कम्पनीले नेपाल विद्युत प्राधिकरणबाट जारि टेण्डरमा भाग लिई घटाघटबाट १८ मे.वा क्षमताको सोलार आयोजनाको कार्य समेत छिट्टै बढाउने भएको छ ।

उक्त सोलार आयोजनाहरुको सर्भे लाइसेन्स प्राप्त भएको छ र यथासिघ्र उक्त सोलार आयोजनाहरुको विद्युत खरिद बिक्री सम्झौता समेत प्राप्त हुनेछ । सोलार आयोजनाहरु ४ देखि ५ महिनामा सम्पन्न गर्न सकिन्छ ।

उक्त सोलार आयोजनाहरुको टेण्डर आवहान भईसकेको छ । कम्पनीले ७५ मे.वा क्षमताको त्रिशूलि गल्छी आयोजनामा रु १०० करोड र यि सोलार आयोजनाहरुमा रु १०५ करोड लगानी गर्न हाल विद्यमान चुक्ता पूँजि रु १०५ करोडको १ बराबार २ को हकप्रद शेयर जारि गर्देछ ।

विगत लामो समय देखि नेपाल धितोपत्र बोर्डमा प्रतिक्षारथ रहेको यो हकप्रदमा छिटो भन्दा छिटो स्विकृति पाउने विश्वास कम्पनीले लिएको छ । बैंक, वित्तिय संस्था बाहेका संस्थाहरुमा नियमनकारी निकाय नभएको भन्दै नेपाल धितोपत्र बोर्डले हालै जारिका दफाहरु पूरा गरि कम्पनीले पून आवेदन दिएको छ ।

यसरी हाल ८.५ मे.वा क्षमता रहेको कम्पनी सोलार आयोजना र अप्पर नौगड गाढको निर्माण पश्चात ३४.५ मे.वा क्षमता भएको कम्पनी रहनेछ । शेयरधनिहरुलाई बढि भन्दा बढि मूनाफा दिने कम्पनीको सोच रहेको छ ।

कम्पनीले आफ्नै शत प्रतिशत लगानीबाट ४० मे.वा क्षमताको अप्पर चमेलिया जलविद्युुत आयोजनाको जग्गा खरिदको कार्य शुरु गर्न लागेको कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको