Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीकाे आईपीओ सूचिकृत, कुनकाे ओपनिङ रेञ्ज कति ?

अर्थ संसार

विहीबार, २७ असोज २०७९, १६ : ०७ मा प्रकाशित

नेप्सेमा २ कम्पनीकाे आईपीओ सूचिकृत, कुनकाे ओपनिङ रेञ्ज कति ?

नेपाल स्टक एक्सचेञ्जमा बिहीबार २ कम्पनीकाे साधारण सेयर आईपीओ सूचिकृत भएकाे छ ।

स्टकका अनुसार पिपुल्स पावर कम्पनी लिमिटेडकाे ६३ लाख २६ हजार कित्ता सेयर सूचिकृत भएकाे हाे । कम्पनीकाे पहिलाे काराेबारका लागि ९४ रूपैयाँ ९६ पैसादेखि अधिकतम २ सय ८४ रूपैयाँ ८८ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ ।

त्यसैगरी, सयपत्री हाइड्राेपावर कम्पनी लिमिटेडकाे ३० लाख कित्ता सेयर सूचिकृत भएकाे हाे । कम्पनीकाे पहिलाे काराेबारका लागि ६४ रूपैयाँ ९६ पैसादेखि अधिकतम एक सय ९४ रूपैयाँ ८८ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको