Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोत्तम सिमेन्टको आइपिओ लगानीकर्ताको खातामा, कहिले खुल्छ कारोबार ?

अर्थ संसार

शनिबार, ०३ चैत्र २०८०, ०७ : ५७ मा प्रकाशित

सर्वोत्तम सिमेन्टको आइपिओ लगानीकर्ताको खातामा, कहिले खुल्छ कारोबार ?

सर्वोत्तम सिमेन्टको आइपिओ लगानीकर्ताको डिम्याट खातामा आइपुगेको छ ।

कम्पनीले फागुन १३ गतेदेखि सर्वसाधारणमा निष्कासन खुला गरेको थियो भने फागुन २५ गते आइपिओ बाँडफाँड भएको थियो । कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर गोलाप्रथा मार्फत ५५ हजार ५ सय २१ जनामा बाँडफाँड गरिएको थियो । अब नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएपश्चात् त्यसको भोलिपल्ट देखि कम्पनीको दोस्रो बजारमा कारोबार खुल्नेछ । भोलि आइतबार नै उक्त आइपिओ सूचीकृत भई सोमबारदेखि कारोबारमा आउन सक्ने जनाइएको छ ।

नेप्सेले सर्वोत्तम सिमेन्टको आइपिओलाई कम्पनीको नेटवर्थ १७१.७४ रुपैयाँ देखि अधिकतम ५१५.७४ रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ । कम्पनीले बुक बिल्डिङ प्रक्रियामार्फत प्रतिकित्ता ३६०.९० रूपैयाँमा आइपिओ जारी गरेको थियो । अधिकतम मूल्यमा ओपनिङ भए लगानीकर्ताले पहिलो दिनमै करकट्टी बाहेक साढे ७ हजार बढी नाफा कमाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको