नेपाल वेयरहाउजिङ्ग कम्पनीको आइपिओ नेप्सेमा सुचीकृत भएको छ । नेप्सेले उक्त कम्पनीको प्रारम्भिक कारोबारका लागि ९३.०४ रुपैयाँ देखि २७९.१२ रुपैयाँ रेञ्ज तोकेको छ ।
बुधबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र नेपाल वेयरहाउजिङ्ग कम्पनीबीच एक सय अङ्कित मूल्यका ६८ लाख ७५ हजार कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो । कम्पनीले सर्वसाधारण समक्ष हिमालयन क्यापिटल लिमिटेड मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो ।
कम्पनीको कर्मचारीसहित सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा वितरण गरिएको १३ लाख ७५ हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ५५ लाख कित्ता गरी कुल ६८ लाख ७५ हजार कित्ता साधारण शेयर सूचीकरण गरिएको हो । अब भोलिबाट नेप्सेमा उक्त कम्पनीको सेयर कारोबार खुल्नेछ । कम्पनीको सेयर NWCL संकेतबाट दोस्रो बजारमा कारोबार हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस