Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोत्तम सिमेन्टको आइपिओ नेप्सेमा सूचीकृत, भोलि कतिमा खुल्ला कारोबार ?

अर्थ संसार

सोमबार, ०५ चैत्र २०८०, १७ : १० मा प्रकाशित

सर्वोत्तम सिमेन्टको आइपिओ नेप्सेमा सूचीकृत, भोलि कतिमा खुल्ला कारोबार ?

सर्वोत्तम सिमेन्ट लिमिटेडको आइपिओ नेप्सेमा सुचीकृत भएको छ । नेप्सेले उक्त आइपिओलाई कम्पनीको नेटवर्थ १८५.३६ रुपैयाँ देखि अधिकतम ५५६.०८ रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सर्वोत्तम सिमेन्ट लिमिटेडबीच एक सय अङ्कित मूल्यका ४ करोड ६५ लाख कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो । कम्पनीले सर्वसाधारण समक्ष ग्लोबल आएमई क्यापिटल लिमिटेड मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो ।

कम्पनीको स्थानीय, योग्य संस्थागत लगानीकर्ता, कर्मचारीसहित सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा वितरण गरिएको ६० लाख कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ४ करोड ५ लाख कित्ता गरी कुल ४ करोड ६५ लाख कित्ता साधारण शेयर सूचीकरण गरिएको हो ।

अब भोलिबाट नेप्सेमा उक्त कम्पनीको सेयर कारोबार खुल्नेछ । कम्पनीको सेयर SARBTM संकेतबाट दोस्रो बजारमा कारोबार हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको