Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ कृषि कम्पनीको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति?

अर्थ संसार

बुधबार, २७ मंसिर २०८०, १२ : १२ मा प्रकाशित

मुक्तिनाथ कृषि कम्पनीको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति?

मुक्तिनाथ कृषि कम्पनीको आइपिओ नेप्सेमा सुचीकृत भएको छ । नेप्सेले उक्त कम्पनीको प्रारम्भिक कारोबारका लागि ७६.८१ रुपैयाँ देखि २३०.४३ रुपैयाँ रेञ्ज तोकेको छ ।

मङ्गलबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडबीच एक सय अङ्कित मूल्यका ७० लाख कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो । कम्पनीले सर्वसाधारण समक्ष एनआइएमबि एस क्यापिटल लिमिटेड मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो ।

कम्पनीको कर्मचारीसहित सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा वितरण गरिएको १३ लाख कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ५६ लाख कित्ता गरी कुल  ७० लाख कित्ता साधारण शेयर सूचीकरण गरिएको हो । अब भोलिबाट नेप्सेमा उक्त कम्पनीको सेयर कारोबार खुल्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको