Like us!
Follow us!
Connect us!
Watch us!

तिहार लगत्तै मर्जरमा गएका सबै कम्पनीको कारोबार खोल्ने धितोपत्र बोर्डको तयारी

अर्थ संसार

विहीबार, २७ असोज २०७९, १९ : २२ मा प्रकाशित

तिहार लगत्तै मर्जरमा गएका सबै कम्पनीको कारोबार खोल्ने धितोपत्र बोर्डको तयारी

नेपाल धितोपत्र बोर्डले तिहारको लगत्तै मर्जर प्रक्रियामा गएका कारण दोस्रो बजार कारोबार रोक्का रहेका कम्पनीहरुको कारोबार खोल्ने तयारी गरेको छ । नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्था गाभ्ने र गाभिने सम्बन्धी विनियमावली, २०७३ लाई पाँचौं संशोधन गरेसंगै बोर्डले यस्तो तयारी गरेको हो । 

‘राष्ट्र बैंकबाट विनियमावलीको पाँचौं संशोधन पारित भएसंगै अब मर्जरमा कारोबार रोक्काको बिषय पुर्ण रुपमा हाम्रो अधिकारक्षेत्रमा आएको छ बोर्ड पहिलेदेखिनै मर्जर का नाममा लामो समय सम्म कारोबार रोक्का गर्न नहुने पक्षमा थियो अब तिहार लगत्तै नियामक निकायको समन्वयमा कारोबार रोक्का रहेका सबै कम्पनीको कारोबार खुल्ला गर्छौ’ बोर्ड स्रोतले भन्यो । 

अहिले मर्जर प्रक्रियामा रहेका विभिन्न ३४ कम्पनीहरुको दोस्रो बजार कारोबार रोक्का रहेको छ जसका कारण लाखौ लगानीकर्ताहरुको खर्बौको सम्पती बन्धक बन्न पुगेको छ ।  

केहि समय अघि नै धितोपत्र बोर्डले विभिन्न बिमा समिति, राष्ट्र बैंक, जलविद्युत नियमन आयोगलगायतको नियामक निकायसँगको सहकार्यमा संगठित संस्था एक आपसमा गाभ्ने,गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ का प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको थियो । अब तिहार लगत्तै उक्त निर्देशिकालाई बोर्डबाट पारित गराएर रोक्का रहेका सबै कम्पनीहरुको कारोबार खोल्ने तयारीमा सेबोन छ ।  

त्यस्तै राष्ट्र बैंकले श्रावण ६ गते, शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै मर्जर तथा एक्विजिशन प्रयोजनार्थका लागि कारोबार रोक्का गर्ने अधिकार नेपाल धितोत्र बोर्डलाई प्रत्योजन गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको