Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया क्यापिटलका ३ वटा म्युचुअल फण्डको लाभांश घोषणा, कुनकाे कति ?

अर्थ संसार

आइतबार, ३० असोज २०७९, १० : ३५ मा प्रकाशित

एनआईसी एशिया क्यापिटलका ३ वटा म्युचुअल फण्डको लाभांश घोषणा, कुनकाे कति ?

एनआईसी एशिया बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्स फण्ड र एनआईसी एशिया डाईनामिक डेब्ट फण्डले आर्थिक वर्ष २०७८/ ७९ को मुनाफाबाट वितरण गर्ने लाभांशकाे घाेषणा गरेका छन् । 

एनआईसी एशिया क्यापिटल लिमिटेडकाे सञ्चालक समितिकाे बैठकले एनआईसी एशिया ग्रोथ फण्डका इकाईधनीहरूलाई करसहित १३ प्रतिशत, एनआईसी एशिया डाईनामिक डेब्ट फण्डका इकाईधनीहरूलाई करसहित ६ प्रतिशत र  एनआईसी एशिया ब्यालेन्स फण्डका इकाईधनीहरूलाई करसहित १३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

तीनै वटा म्युचुअल फण्डले लाभांश वितरण गर्ने प्रयाेजनका लागि कार्तिक १५ गते बुकक्लाेज गर्ने निर्णय गरेका छन् । त्यसैले कार्तिक १४ गतेसम्म नेप्सेमा काराेबार भइ कायम हुने इकाईधनीहरूले मात्रै याे लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको