Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना इन्जिनियरिङ्ग हाइड्रोले आईपीओ निष्कासन गर्ने, डाक्यो साधारण सभा

अर्थ संसार

मंगलबार, ०१ कार्तिक २०७९, १६ : ४७ मा प्रकाशित

मनकामना इन्जिनियरिङ्ग हाइड्रोले आईपीओ निष्कासन गर्ने, डाक्यो साधारण सभा

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर आईपीओ निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा कार्तिक २३ गते, बुधबार कम्पनीको रजिष्टर्ड कार्यालयमा अपरान्ह ४  ३० बजेदेखि सुरू हुनेछ ।

सभामा साधारण सेयर आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यसका साथै,  आर्थिक वर्ष २०७८/  ७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने,  आर्थिक वर्ष २०७९/ ८० को लागि लेखापरिक्षकको नियुक्ती गरी निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको