सोल्टी होटलले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको समिती बैठकले लाभांश प्रस्ताव सहित साधारणसभा आह्वानको निर्णय गरेको हो ।
कम्पनीको असोज ७ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजका लागि समेत गरी २१.३१ प्रतिशत नगद लाभांश सहित २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले लाभांश परित सहित अन्य ऐजेन्डाहरु पारित गर्नका लागि पुस ४ गतेका लागि साधारणसभा आह्वान गरेको छ । कम्पनीको ४८ औँ साभारणसभा कमलादीस्थित नेपाल प्रज्ञा भवनमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
आयोजनाले साधारणसभा तथा लाभांश प्रयोजनार्थ पुस ७ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो होटेलको लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस