Like us!
Follow us!
Connect us!
Watch us!

हाम्रो पात्रो १२औं वर्ष पुरा गरि १३औं वर्षमा प्रवेश लगत्तै “हाम्रो पे” रिलिजको तयारीमा

अर्थ संसार

विहीबार, ०३ कार्तिक २०७९, ११ : ११ मा प्रकाशित

हाम्रो पात्रो १२औं वर्ष पुरा गरि १३औं वर्षमा प्रवेश लगत्तै “हाम्रो पे” रिलिजको तयारीमा

सन् २०१० मा एउटा डिजिटल पात्रोका रूपमा आएको हाम्रो पात्रोले १२ वर्ष पछि एक करोड भन्दा बढी नेपालीहरूको मोबाइल परिवार बनाउला भन्ने हेक्का कसैलाई थिएन । आफ्नो व्यक्तिगत प्रयोगको लागि बनाएको एप आज हरेक नेपालीहरुको हात हातमा हुन्छ होला भन्ने आभाष त पक्कै पनि हाम्रो पात्रोका फाउण्डर शंकर उप्रेतीलाई पनि आभाषनै थिएन होला।  

१२ वर्ष पछि आज हाम्रो पात्रो नेपालको सर्वाधिक डाउनलोड भएको मोबाइल एप मात्र नभई सर्वाधिक धेरै विश्वास गरिएको डिजिटल थलो बन्न सफल भएको छ । अनेकौँ उतारचढावका बिच नेपालीहरूको मोबाइल सहयात्री हाम्रो पात्रो आज १३ औँ वर्षमा प्रवेश गरेको छ। 

सन् २०१० मा iOS मा रिलिज गरिएको पात्रो क्रमशः सन् २०१२ मा Android मा रिलिज भएको थियो। एउटा नेपाली युवाले नेपाली शब्दहरूलाई डिजिटल थलोमा ल्याउनलाई गरेको सानो जमर्को आज आएर तिथि मिति, समाचार, विदेशी विनिमय दर, तरकारीको भाउ देखि टेली हेल्थ, अनलाइन ज्योतिष अनि जन्म कुण्डली मिलान , रेमिटेन्ससम्मका अनेक सुविधा सम्पन्न मोबाइल सहयात्री बनिसकेको छ। 

सन् २०१५ मा १० लाख भन्दा बढी डाउनलोड सीमा नाघेको हाम्रो पात्रोले त्यसै वर्षदेखि नेपालमा कार्यालय खोलेर आफ्नो उपस्थिति र प्रभावलाई झनै सशक्त बनाउन थालेको थियो । सन् २०१८ मा ५ मिलियन अर्थात् ५० लाख डाउनलोडको सीमा नाघ्दै हाम्रो पात्रोले ज्योतिष कल सेवा पनि सुरुवात गर्‍यो । 

१२ औं वार्षिकउत्सव अवसरमा हाम्रो पात्रो इंक. का फाउन्डर/सीईओ शंकर उप्रेतीले प्रयोगकर्तालाई धन्यवाद व्यक्त गरेका छन् । उनले भने, ‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ । म सबै प्रयोगकर्ताहरूलाई उनीहरूको विश्वासको लागि आभार व्यक्त गर्दछु । यी डाउनलोडका संख्याहरु हाम्रा लागि विश्वास र सहयात्री हुन्। हामी थप जिम्मेवार र विश्वासिलो बन्ने प्रणका साथै अघि बढ्दै गयौँ र हाम्रो पात्रोको १२ औँ वर्षसम्म यो यस यात्रामा हामी यहाँहरू सबै जनालाई हार्दिक साधुवाद र अझै सयौँ वर्षसम्म डिजिटल र अर्थपूर्ण सहयात्रा गर्ने वाचा गर्न चाहन्छौँ । सम्पूर्ण प्रयोगकर्ताहरू, विज्ञापनदाता, साझेदार र सहकर्मीहरूमा हार्दिक नमन ।'

सन् २०१९ मा हाम्रो पात्रो मार्फत बाटै मोबाइल रिचार्ज सेवा पनि प्रदान गर्न थालियो । सन् २०२० मा इ कमर्स पनि जोड्दै हाम्रो पात्रोले सन् २०२१ मा रेमिटेन्स र टेली हेल्थ सुविधा पनि थप्यो । सन् २०२२ मा हाम्रो पे पनि थप्दै हाम्रो पात्रो वास्तवमा नै एउटा सब थोक भएको सर्वाधिक विश्वासिलो र नेपाली मोबाइल सहयात्री बन्न सफल भएको छ ।




 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको