Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा धौलागिरी लघुवित्तको आईपीओ सूचिकृत, कति पायाे ओपनिङ्ग रेञ्ज ?

अर्थ संसार

विहीबार, ०३ कार्तिक २०७९, १२ : ५१ मा प्रकाशित

नेप्सेमा धौलागिरी लघुवित्तको आईपीओ सूचिकृत, कति पायाे ओपनिङ्ग रेञ्ज ?

नेपाल स्टक एक्सचेञ्जमा धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ ।

स्टकका अनुसार संस्थाकाे १० लाख ३१ हजार कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे । नेप्सेले  संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम एक सय ४८ रूपैयाँ ६६ पैसादेखि अधिकतम ४ सय ४५ रूपैयाँ ९८ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि DLBS सिम्बाेल प्राप्त गरेकाे छ ।

धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडले साउन २४ गते, मंगलबारबाट साउन २९ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड भदाै ८ गते, बुधबार सम्पन्न भएकाे थियाे । 

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको थियाे । कुल कित्ताको ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ३ लाख ९ हजार २९५ कित्ता सर्वसाधारणलाई बिक्री गरिएकाे थियाे ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियाे । गोलाप्रथाबाट ३० हजार ९ सय २९ जनाले मात्र सेयर पाएका थिए ।  सेयर पर्नेहरुमध्येबाट १० कित्ताभन्दा बढी आवेदन दिने आवेदकहरुमध्येका ५ जनाले भने ११ कित्ता सेयर हात पारेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको