Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा फेवातालमा फोनपे क्यूआरमार्फत भुक्तानी गर्नेको संख्या बढ्दो, पर्यटकलाई हुन थाल्यो सहज

अर्थ संसार

विहीबार, ०३ कार्तिक २०७९, १६ : ३४ मा प्रकाशित

पोखरा फेवातालमा फोनपे क्यूआरमार्फत भुक्तानी गर्नेको संख्या बढ्दो, पर्यटकलाई हुन थाल्यो सहज

पर्यटकीय नगरी पोखरामा रहेको फेवातालमा डुंंगा चढ्दा फोनपे क्यूआर मार्फत भुक्तानी गर्नेहरुको संख्या बढ्न थालेको छ । यसअघि नगद कारोबार चलिरहेको फेवाताल डुंगा व्यवसायमा फोनपे क्यूआर सञ्चालमा आएसँगै फेवाताल घुम्न जाने पर्यटकहरुमा फोनपेप्रति आकर्षण बढेको हो ।

फोनपे र फेवाताल डुंगा व्यवसायी संघसँगको सहकार्यमा केही दिनअघि फोनपे मार्फत भुक्तानी गर्न सकिने सेवाको सुरुवात गरिएको थियो । बाराहीघाटमा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल र फोनपेका सिइओ दिवस सापकोटाको उपस्थितीमा एक कार्यक्रमकाबीच क्यूआर भुक्तानी सेवाको सुरुवात गरिएको थियो । सोही कार्यक्रममा मनोरञ्जन प्रदान गर्न बोटिङ्ग प्रतिषपर्धा आयोजना गरिएको थियो भने फोनपेका ब्राण्ड एम्बेष्डर सन्दीप क्षेत्रीले मनोरञ्जन प्रदान गरेका थिए ।

फोनपेले यतिबेला चाडवाड लक्षित विभिन्न अफरहरु समेत सञ्चालन गरिरहेको छ । यसैगरी क्यूआर मार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसुङ्गको आकर्षक मोबाईल फोन जित्न सक्नेछन् । मर्चेन्टहरुको यो योजना कार्तिक १२ गतेसम्म सञ्चालन हुनेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको