Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निष्कासन गर्न थप २ कम्पनीले दिए सेबाेनमा निवेदन

अर्थ संसार

विहीबार, ०३ कार्तिक २०७९, १६ : ५६ मा प्रकाशित

आईपीओ निष्कासन गर्न थप २ कम्पनीले दिए सेबाेनमा निवेदन

साधारण सेयर (आईपीओ) निष्कासन गर्न थप २ वटा कम्पनीले नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिएका छन् । माई खोला हाइड्रोपावर कम्पनी लिमिटेड र नेपाल रिपब्लिक मिडिया लिमिटेडले आईपीओ निष्कासन गर्न बाेर्डमा निवेदन दिएका हुन् । 

माई खोला हाइड्रोपावर कम्पनी लिमिटेड

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १९ कराेड २१ लाख ५६ हजार ८ सय रूपैयाँ बराबरकाे १९ लाख २१ हजार ५ सय ६८ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न असाेज ३० गते सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

नेपाल रिपब्लिक मिडिया लिमिटेड

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ४३ कराेड ५३ लाख रूपैयाँ बराबरकाे ४३ लाख ५३ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न कार्तिक २ गते सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम मेगा क्यापिटल मार्केट्स लिमिटेडले गर्नेछ । 

63512e2543bfd.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको