Like us!
Follow us!
Connect us!
Watch us!

भर्खरै आईपीओ निष्कासन गरेको धौलागिरी लघुवित्तले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

अर्थ संसार

शुक्रबार, ०४ कार्तिक २०७९, १० : २४ मा प्रकाशित

भर्खरै आईपीओ निष्कासन गरेको धौलागिरी लघुवित्तले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ ।

कम्पनीकाे सञ्चालक समितिकाे बैठकले कम्पनीकाे धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि सनराइज क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेकाे हाे ।

अब उप्रान्त कम्पनीकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू सनराइज क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

संस्थाकाे १० लाख ३१ हजार कित्ता साधारण सेयर (आईपीओ) हिजाे नेप्सेमा सूचिकृत भएकाे छ । नेप्सेले  संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम एक सय ४८ रूपैयाँ ६६ पैसादेखि अधिकतम ४ सय ४५ रूपैयाँ ९८ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि DLBS सिम्बाेल प्राप्त गरेकाे छ ।

धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडले साउन २४ गते, मंगलबारबाट साउन २९ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड भदाै ८ गते, बुधबार सम्पन्न भएकाे थियाे । 

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको थियाे । कुल कित्ताको ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ३ लाख ९ हजार २९५ कित्ता सर्वसाधारणलाई बिक्री गरिएकाे थियाे ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियाे । गोलाप्रथाबाट ३० हजार ९ सय २९ जनाले मात्र सेयर पाएका थिए ।  सेयर पर्नेहरुमध्येबाट १० कित्ताभन्दा बढी आवेदन दिने आवेदकहरुमध्येका ५ जनाले भने ११ कित्ता सेयर हात पारेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको