Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकले डाक्याे साधारण सभा, लाभांशसहित यस्ता छन् पारित हुने एजेन्डा

अर्थ संसार

आइतबार, ०६ कार्तिक २०७९, ११ : ५७ मा प्रकाशित

एनसीसी बैंकले डाक्याे साधारण सभा, लाभांशसहित यस्ता छन् पारित हुने एजेन्डा

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) ले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

बैंककाे कार्तिक ४ गते शुक्रबार, बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे पच्चीसाैँ वार्षिक साधारण सभा मंसिर २ गते, शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडाैँमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

सभामा बैंककाे असोज २९ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ३.३६६३ प्रतिशत बाेनस सेयर र ७.६३३७ प्रतिशत नगद गरी कुल ११.२९६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने,  प्रबन्धपत्र संशोधन गर्ने, प्रबन्धपत्रमा भएका संशोधन सम्बन्धी विशेष प्रस्तावहरु सम्बन्धित नियामक निकायबाट स्वीकृति लिने क्रममा उक्त निकायहरुको निर्देशन अनुसार फेरबदल, परिमार्जन, थपघट गर्नु परेमा सो कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि कार्तिक १५ गते एकदिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । तर कुमारी बैंकसँग मर्जर प्रकृयामा रहेका कारण हाल दाेश्राे बजारमा बैंककाे काराेबार राेक्का छ । त्यसैले, असाेज १० गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6354dbe9e49cd.jpg 6354dbee0308f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको