Like us!
Follow us!
Connect us!
Watch us!

सफ्टवेरिका कलेजका ९२ विद्यार्थीले पाए छात्रवृत्ति

अर्थ संसार

आइतबार, ०६ कार्तिक २०७९, १२ : ३८ मा प्रकाशित

सफ्टवेरिका कलेजका ९२ विद्यार्थीले पाए छात्रवृत्ति

आइटीको उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेजले ९२ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।

स्नातक तहको पहिलो र दास्रो वर्षका बिएससी अनर्स कम्प्युटिङ र बिएससी अनर्स इथिकल ह्याकिङ एन्ड साइबर सेक्युरिटी तर्फका विद्यार्थीहरूलाई सो छात्रवृत्ति प्रदान गरिएको हो । जसमध्ये कलेजका ३०, ३१ र ३२ औँ ब्याचका विद्यार्थीहरू रहेको प्रमुख प्रमोद पौडेलले बताए ।

छात्रवृत्ति पाउने विद्यार्थीमध्ये ६ जनाले शतप्रतिशत, १२ जनाले ५० प्रतिशत र ७४ जनाले २५ प्रतिशत छात्रवृत्ति पाएका हुन् ।

कलेजले कुल २८ लाख रकम बराबरको छात्रवृत्ति प्रदान गरेको पौडेलले जानकारी दिए । विद्यार्थीको शैक्षिक स्तर र उपस्थितीको आधारमा उक्त छात्रवृत्ति प्रदान गरिएको उनी बताउँछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको