Like us!
Follow us!
Connect us!
Watch us!

सफ्टवेरिकामा 'जब प्लेसमेन्ट वीक', रोजगारीका लागि छानिए सय बढी विद्यार्थी

अर्थ संसार

शुक्रबार, १५ पुस २०७९, १६ : ३९ मा प्रकाशित

सफ्टवेरिकामा 'जब प्लेसमेन्ट वीक', रोजगारीका लागि छानिए सय बढी विद्यार्थी

सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्शले विद्यार्थीहरूका लागि जब प्लेसमेन्ट वीक सञ्चालन गरेको छ ।

आईटीमा १२ वर्ष पूरानो यस कलेजले विद्यार्थीहरूका लागि विभिन्न कम्पनीहरूमा रोजगारीका लागि पहल गर्नका लागि यस कार्यक्रम आयोजना गरिएको हो । 'जब प्रोभाइडर र जब सीकरबीच पुल बन्नका लागि यो कार्यक्रम सञ्चालन गरेका हौँ,' कलेज प्रमुख प्रमोद पौडेलले भने ।

रोजगारका लागि विद्यार्थीलाई कसरी तयार पार्ने भन्नेबारे यस कार्यक्रमले सहयोग गरेको उनको भनाइ छ । यस कार्यक्रममा कम्प्युटिङ, इथिकल ह्याकिङ र साइबर सेकुरिटीबारे विद्यार्थी र विभिन्न कम्पनीका अधिकारीहरूबीच छलफल गराइएको थियो ।

जब प्लेसमेन्ट वीकमा कलेजका पूर्व विद्यार्थी, अध्ययनरत विद्यार्थीहरू एवम्  विभिन्न २० कम्पनीका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।
बिहीबार सकिएको कार्यक्रममा १५० विद्यार्थी सहभागी भएका थिए । जसमा १०० जनाभन्दा बढी विद्यार्थी छानिएको कलेज प्रमुख पौडेलले जानकारी दिए ।

सो कार्यक्रम अन्तर्गत विभिन्न कम्पनीका प्रतिनिधिहरूले विविध विषयमा प्रशिक्षण समेत दिएका थिए । कलेजका पूर्व विद्यार्थी एवम् आयात डिजिटल कम्पनि प्रा.लिका सञ्चालक प्रशान्त कोइरालाले आफूले विगतमा भ्याकेन्सी अनाउन्स गर्दा पनि जनशक्ति पाउन नसकेको सुनाए । उनले यस कार्यक्रमले विद्यार्थीहरूलाई रोजगारका लागि समेत तयार पारेकोमा खुशी व्यक्त गरे ।

कलेजले विद्यार्थीहरूका लागि अध्ययन तथा अनुसन्धान केन्द्र समेत व्यवस्था गरेको छ । यस्तै जेहेन्दार विद्यार्थीहरूका लागि स्कलरशीपको समेत व्यवस्था गरिएको  कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए । कलेजमा अध्ययनरत अधिकांश विद्यार्थीहरूले ग्राजुएट हुनुअघि नै रोजगारी पाउने गरेको श्रेष्ठले बताए ।

साथमा ग्राजुएट भएकाहरूले पनि ३ महिनाभित्रै रोजगारी पाउने गरेको उनले बताए । कोड रसका एसोसिएट प्रोडक्ट म्यानेजर सृष्टि श्रेष्ठले विगतमा सफ्टवेरिका कलेजबाट ग्राजुएट भएका विद्यार्थीहरूले रोजगारीका क्रममा राम्रो पफर्मेन्स गरेकाले अहिले पनि आफू कलेजै विद्यार्थीसँग सहकार्य गर्न आएको बताइन् ।

कार्यक्रममा  लिफरक, मिदास टेक्नोलोजी, जिनिस सोलुसन, डिशहोम, हिताची इनर्जी, सुविधा सेवा, आयात डिजिटल, टेक क्राफ्ट लगायत कम्पनीहरू सहभागी थिए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको