Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न सोल्टी होटलले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

अर्थ संसार

आइतबार, १३ कार्तिक २०७९, १० : ३५ मा प्रकाशित

लाभांश पारित गर्न सोल्टी होटलले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

सोल्टी होटलले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे असाेज ३१ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे ४८औँ वार्षिक साधारण सभा पाैष २८ गते, बिहीबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजका लागि समेत गरी २१.३१ प्रतिशत नगदसहित २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ७ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले पाैष ६ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सूचना हेर्नुहाेस् :

635e0341901d9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको