Like us!
Follow us!
Connect us!
Watch us!

२ कम्पनीकाे हकप्रद सेबाेनकाे पाइपलाइनमा, कुनकाे कति कित्ता ?

अर्थ संसार

सोमबार, १४ कार्तिक २०७९, १३ : ३८ मा प्रकाशित

२ कम्पनीकाे हकप्रद सेबाेनकाे पाइपलाइनमा, कुनकाे कति कित्ता ?

यतिबेला विभिन्न २ वटा कम्पनी हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) काे पाइपलाइनमा छन् । जसमध्ये एउटा हाइड्राेपावर कम्पनी र एउटा विकास बैंक रहेका छन् ।

कुनकाे कति कित्ता ?

१. नारायणी डेभलपमेन्ट बैंक लिमिटेड

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिएकाे छ । बैंकले १ः१ को अनुपातमा आफ्ना सेयरधनीहरूलाई २६ लाख २४ हजार ६ सय ७६ कित्ता हकप्रद सेयर निष्कासन गर्न भदाै ९ गते, बिहीबार सेबाेनमा निवेदन दिएकाे हाे । 

बैंकले हकप्रद निष्कासन प्रयाेजनका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

चितवन जिल्लाको रत्ननगर नगरपालिका, टाँडी, बकुलरमा केन्द्रीय कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘ख’ वर्गको १–३ जिल्लास्तर (नवलपरासी, चितवन र मकवानपुर) कार्यक्षेत्र रहेको यस डेभलपमेन्ट बैंकको अधिकृत पुँजी ५३ करोड र जारी पुँजी २६ करोड २४ लाख ६७ हजार ६ सय छ ।

२. अरुण काबेली पावर कम्पनी लिमिटेड

अरुण काबेली पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिएकाे छ । कम्पनीले १ः१ को अनुपातमा आफ्ना सेयरधनीहरूलाई १ कराेड ८५ लाख ५२ हजार एक सय ५ कित्ता हकप्रद सेयर निष्कासन गर्न गत कार्तिक २८ गते नै सेबाेनमा निवेदन दिएकाे थियाे । तर विद्युत नियमन आयोगले यही भदाै १२ गते, आइतबार अनुमति प्रदान गरेपछि मात्रै सेबाेनले आवश्यक प्रकृया अघि बढाएकाे हाे । 

कम्पनीले हकप्रद निष्कासन प्रयाेजनका लागि नबिल इनभेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ । 

अरुण काबेली पावर लिमिटेड कम्पनीले मेची अञ्चलको पाँचथर र ताप्लेजुङ जिल्लाबीच भई बहने काबेली नदीमा २५ मेगावाट क्षमताको काबेली बि -१ जलविद्युत आयोजनाको निर्माण पुरा गरी २०७६ साल कार्तिक २३ गतेदेखि व्यवसायिक उत्पादन गरिरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको