Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंककाे ३.३६ प्रतिशत बाेनस समायाेजन, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

मंगलबार, १५ कार्तिक २०७९, १० : ३५ मा प्रकाशित

एनसीसी बैंककाे ३.३६ प्रतिशत बाेनस समायाेजन, प्रतिकित्ता मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनसीसी बैंकको सेयरमूल्य समायोजन भएको छ । 

बैंककाे ३.३६६३ प्रतिशत बाेनसपछि नेप्सेले प्रतिकित्ता एक सय ७८ रूपैयाँ एक पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेको छ । नेप्सेले साेमबारको अन्तिम कारोबार मूल्य एक सय ८४ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) काे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे पच्चीसाैँ वार्षिक साधारण सभा मंसिर २ गते, शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडाैँमा बिहान १० बजेदेखि सुरू हुनेछ । सभामा बैंककाे असोज २९ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ३.३६६३ प्रतिशत बाेनस सेयर र ७.६३३७ प्रतिशत नगद गरी कुल ११.२९६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

6360a611545b2.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको