पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले भाेलि कार्तिक १६ गते, बुधबारदेखि संस्थापक साधारण सेयरको हकप्रद सेयर निष्कासन गर्ने भएकाे छ ।
कम्पनीले सञ्चालक समितिको बैठकको निर्णय बमोजिम हिजाे कार्तिक १४ गतेसम्म कायम साविक संस्थापक सेयरधनीहरुका लागि दश सेयर बराबर नयाँ तिन सेयरको अनुपातमा प्रति सेयर १०० रूपैयाँ अंकित दरको ४ लाख ७५ हजार ८ सय ७५ कित्ता हकप्रद सेयरको निष्कासन तथा बिक्री खुल्ला मिति भाेलि कार्तिक १६ गतेदेखि मंसिर २० गतेसम्म ताेकेकाे छ ।
त्यसैगरी, हकप्रद सेयर खरीदका लागि कम्पनीको कार्यालय ट्रेड टावर थापाथली, काठमाडौंबाट आवेदन फारम प्राप्त गर्न र बुझाउन सकिनेछ । उक्त स्थान अलावा अन्य माध्यमबाट दर्खास्त दिन चाहेमा सेयरधनीहरूले कम्पनीको एनआईसी एशिया बैंकमा रहेको खाता नम्बर ५४४१०३३३०२५२४००२ र लुम्बिनी विकास बैंकमा रहेको खाता नम्बर ०३१००१२००१२११८०००००१ मा हकप्रद बापतको रकम जम्मा गरी आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस