Like us!
Follow us!
Connect us!
Watch us!

सेबाेनकाे नियमावली खारेजीको माग गर्दै सर्वोच्चमा रिट

अर्थ संसार

बुधबार, १६ कार्तिक २०७९, १६ : २४ मा प्रकाशित

सेबाेनकाे नियमावली खारेजीको माग गर्दै सर्वोच्चमा रिट

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) काे नियमावली खारेजीको माग गर्दै सर्वोच्चमा रिट परेकाे छ । 

धितोपत्र बजार सञ्चालन (दोश्रो संशोधन) नियमावली २०७९, धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी)(चौथो संशोधन) नियमावली २०७९  र धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) (पाँचौं संशोधन) नियमावली खारेज गर्न माग गर्दै अधिवक्ता अमृत खरेल र आर्थिक पत्रकार इन्द्रबहादुर बानियाँले आज (बुधबार) सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

साे रिटमा प्रधानमन्त्री, मन्त्रिपरिषदको कार्यलय, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र नेप्सेलाई विपक्षी बनाईएको छ । सेबाेनले संशाेधन गरेकाे नियमावलीमा  गरिएको व्यवस्थाहरु नेपालको संविधान र प्रचलित ऐनसँग बाझिएकोले उक्त नियमावली अमान्य र बदर घोषित गरी उत्प्रेषण, परमादेश, प्रतिषेधलगायत उपयुक्त आदेश जारी गर्न रिटमा माग गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको