Like us!
Follow us!
Connect us!
Watch us!

नोभेम्बर ११ मा कामना सेवाका ग्राहकहरुलाई दराजमा छुट

अर्थ संसार

विहीबार, १७ कार्तिक २०७९, १४ : ५२ मा प्रकाशित

नोभेम्बर ११ मा कामना सेवाका ग्राहकहरुलाई दराजमा छुट

दराज केयमु प्रा.लि र कामना सेवा विकास बैंकका बिच बैंकमा खाता रहेका ग्राहकमहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । दराजको ११.११ छुट योजना November 11 (कार्तिक २५ गते) देखि लागू हुनेछ । उक्त सम्झौतापत्रमा बिहिबार हस्ताक्षर भएको हो ।

कामना सेवा विकास बैंकमा खाता रहेका ग्राहकहरुले दराज द्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु २,५०० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २०% वा रु ३००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ ।

माथि उल्लिखित पूर्व भुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र प्रत्यक्ष हुने छ । तसर्थ, आफ्नो ग्राहक महानुभवहरूलाई छिटो कार्ड ई–कमर्सको लागि सक्रिय गर्न र बिक्री सुरु हुने बित्तिकै छुटहरू प्राप्त गर्न बैंकले अनुरोध गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको