Like us!
Follow us!
Connect us!
Watch us!

अब खुल्ने आईपीओबाट वैदेशिक रोजगारीमा गएकालाई पनि आरक्षण(निर्देशिका सहित)

अर्थ संसार

विहीबार, १७ कार्तिक २०७९, १७ : ०६ मा प्रकाशित

अब खुल्ने आईपीओबाट वैदेशिक रोजगारीमा गएकालाई पनि आरक्षण(निर्देशिका सहित)

नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई आगामी आईपीओबाट आरक्षण दिने गरी निर्देशिका संसोधन गरेको छ । 

बोर्ड धितोपत्र निष्काशन तथा बाँडफाँड(छैठौ संसोधन) निर्देशिका, २०७९ लागु गरी अब खुल्ने आईपीओबाट जम्मा जारी हुने आईपीओको १० प्रतिशत वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई छुट्याउनुपर्ने व्यबस्था गरेको हो । 

अब संगठित संस्थाले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्नु अगावै सार्वजनिक निष्काशन गरिने शेयरको १० प्रतिशत नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि छुट्याउनु पर्नेछ । 

यसरी छुट्याएको शेयर निष्काशन गर्दा निष्काशन तथा बिक्री प्रबन्धकले सर्वसाधारणको लागि निष्काशन गर्नु अगावै १५ दिनको अवधि तोकि आव्हानपत्र प्रकाशित गर्नुपर्नेछ ।

उक्त सेयरमा आवेदन दिंदा बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त आस्वा सदस्य बैंक वा वित्तीय संस्थामा रहेको विप्रेषण (रेमिट्यान्स) बचत खाता मार्फत मात्र भुक्तानी गर्नु पर्नेछ ।

यस्तो छ संसोधित निर्देशिकाः
 

6363a5240cc60.jpg 6363a52b8da02.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको