Like us!
Follow us!
Connect us!
Watch us!

अब नागरिकतासँगै प्यान

पत्रपत्रिका

शुक्रबार, १८ कार्तिक २०७९, ०६ : ४८ मा प्रकाशित

अब नागरिकतासँगै प्यान

अब नागरिकता प्रदान गर्ने समयमा नै व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) उपलब्ध गराउने तयारी सुरु गरिएको छ । गृह मन्त्रालयसँगको समन्वयमा आन्तरिक राजस्व विभागले यस्तो तयारी थालेको हो ।

आव २०७९/८० को बजेटमा उल्लेख भएको व्यवस्थालाई कार्यान्वयन गर्ने गरी तयारी अगाडि बढाइएको विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेलले जानकारी दिए । “नागरिकता दिने समयमा नै प्यान उपलब्ध गराउँदा मिलान गर्नुपर्ने विवरण त्यसको प्राविधिक पक्षका विषयमा अहिले छलफल भइरहेको छ,” उनले भने । विभागले बढीमा चालू आर्थिक वर्षको अन्त्यसम्म यस्तो व्यवस्था कार्यान्वयन गर्ने लक्ष्य राखेको उनले बताए ।

नागरिकताबाहेक राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने समयमा पनि व्यक्तिगत प्यान उपलब्ध गराउने व्यवस्था कार्यान्वयन गर्ने विभागको तयारी छ । यस्तै विभागले चारपाङ्गे्र सवारीसाधन खरिद गर्दा पनि अनिवार्य रूपमा प्यान पेस गर्नुपर्ने व्यवस्था पनि कार्यान्वयनमा ल्याएको  छ  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको