Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले गैरआवसीय नेपालीलाई आजबाट नागरिकता वितरण शुरु गर्ने

अर्थ संसार

मंगलबार, ३० असोज २०८०, ०९ : ३३ मा प्रकाशित

सरकारले गैरआवसीय नेपालीलाई आजबाट नागरिकता वितरण शुरु गर्ने

सरकारले आजदेखि गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरण शुरु गर्ने तय गरेको छ।

आज एनआरएनको सम्मेलन उद्घाट्नको दिन पारेर सरकारले गैरआवासीय नेपाली नागरिकता वितरण सुरू गर्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले एनआरएनएका अध्यक्ष कुल आचार्यलाई पहिलो नागरिकता दिएर गैर आवासीय नागरिकता वितरणको शुरुवात गर्नेछन । 

गत जेठमा संशोधन गरिएको नागरिकता सम्बन्धी ऐनअनुसार सरकारले नियमावली स्वीकृत गरेपछि गैरआवासीय नागरिकता वितरणको बाटो खुलेको थियो। 

नागरिकता लिएपछि एनआरएनहरुले ईश्वर, देश र जनताको नाममा शपथ लिनुपर्ने छ । संशोधित ऐनको दफा ७ (क)मा नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिलाई तोकिए बमोजिम शपथ गराउनु पर्ने उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको