Like us!
Follow us!
Connect us!
Watch us!

३० प्रतिशतले घट्यो विकास बैंकहरुको नाफा, कुनको नाफा कति ?

अर्थ संसार

सोमबार, २१ कार्तिक २०७९, १३ : १४ मा प्रकाशित

३० प्रतिशतले घट्यो विकास बैंकहरुको नाफा, कुनको नाफा कति ?

चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण अधिकांश बैंक तथा वित्तिय कम्पनीहरुले प्रकाशन गरिसकेका छन् । देशको अर्थतन्त्रमा देखिएको समस्याले यो पटक विकास बैंकहरुको नाफामा प्रभाव परेको देखिन्छ ।

नेप्समा सुचिकृत ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले पनि वित्तिय विवरणहरु सार्वजनिक गरिसकेका छन् । प्रकाशित वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको यसै अवधिको तुलनामा बैंकहरुको मुनाफा प्रभावित भएको देखिन्छ ।

पहिलो त्रैमासमा ३ वटा बैंकहरुले मुनाफा बढाउन सफल भएका छन् भने बाँकि ५ वटा बैंकहरुको मुनाफामा गिरावट आएको छ । साईन रेसुङ्गा डेभलेपमेन्ट बैंक, गरिमा विकास बैंक र सांग्रिला विकास बैंकको नाफामा वृद्धि भएको छ भने मुक्तिनाथ विकास बैंक, ज्योती विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक र लुम्बिनी विकास बैंकको नाफामा भने गिरावट आएको छ । 

समिक्षा अवधिमा साईन रेसुङ्गा डेभलेपमेन्ट बैंकको नाफा सबैभन्दा धेरै वृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष यस बैंकको नाफा ४२.१८ प्रतिशतले बढेर २० करोड ९० लाख रुपैयाँ पुगेको छ । त्यस्तै सबैभन्दा बढि नाफामा गिरावट कामना सेवा विकास बैंकको देखिएको छ बैंकको नाफामा ७६ प्रतिशतको गिरावट देखिएको हो । 

समग्रमा गत आर्थिक वर्षको यही अवधिको तुलनामा विकास बैंकहरुको नाफामा गिरावट आएको छ । ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले गत आर्थिक वर्षको यसै अवधिमा १ अर्ब ६२ करोड ८० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका थिए तर यो वर्षमा बैंकहरुको नाफा ३०.१८ प्रतिशतले घटेर १ अर्ब १३ करोड रुपैयाँमा सिमित हुन पुगेको छ । 

 

   

 
 

6368b60fa1362.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको