Like us!
Follow us!
Connect us!
Watch us!

खुद मुनाफा र ब्याज आम्दानीमा मुक्तिनाथको लिड, ईपीएसमा महालक्ष्मी अगाडी, अन्यको अवस्था कस्तो ?

अर्थ संसार

आइतबार, १६ माघ २०७८, ११ : ४७ मा प्रकाशित

खुद मुनाफा र ब्याज आम्दानीमा मुक्तिनाथको लिड, ईपीएसमा महालक्ष्मी अगाडी, अन्यको अवस्था कस्तो ?

चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तिय विवरण अधिकांश बैंक तथा वित्तिय कम्पनीहरुले प्रकाशन गरिसकेका छन्। कोभिडका कारण अन्य क्षेत्रको आम्दानी केहि प्रभावित भएको भएपनि प्रकाशित वित्तिय विवरण अनुसार बैंक तथा वित्तिय संस्थाहरुको आम्दानी भने बृद्धि नै भएको देखिन्छ । 

नेपालमा सञ्चालित ८ वटा विकास बैंकहरुले पनि चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण प्रकाशित गरिसकेका छन् । प्रकाशित वित्तिय विवरण अनुसार राष्ट्रियस्तरका आठओटा विकास बैंकको नाफा समिक्षा अवधीमा अघिल्लो आर्थिक बर्षको यसै अवधीको तुलनामा १६ दशमलव ८७ प्रतिशतले वृद्धि भएको छ ।

दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार राष्ट्रियस्तरका विकास बैंकहरुले ३ अर्ब २० करोड १७ लाख नाफा कमाएका छन् । गतवर्षको सोही अवधिमा यी बैंकको नाफा २ अर्ब ७३ करोड ९४ लाख रुपैयाँमा सिमित थियो । बैंकहरुको खुद मुनाफामा वृद्धि भएको भए पनि वितरणयोग्य नाफामा भने कमी आएको छ । गत बर्षको यसै अवधीमा यी बैंकहरुको १ अर्ब ७४ करोड ८० लाख वितरणयोग्य मुनाफा भएकोमा यो वर्ष घटेर १ अर्ब ६९ करोड ८६ लाख रुपैयाँमा झरेको छ ।

हामिले यहाँ यिनै आठ वटा बैंकहरुको खुद मुनाफा, ब्याज आम्दानी र प्रतिसेयर आम्दानीको तुलनात्मक अध्ययन गरेका छौ । दोस्रो त्रैमाससम्ममा सबैभन्दा बढि खुद मुनाफा कमाउने बैंक मुक्तिनाथ विकास बैंक बनेको छ । पहिलो स्थानमा रहेको मुक्तिनाथ विकास बैंकको मुनाफा भने अघिल्लो आर्थिक बर्षको यसै अवधीको तुलना घटेको हो । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले गतवर्षको सोही अवधिमा ६१ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै खुद मुनाफामा सबैभन्दा कमजोर सांग्रिला डेभलपमेन्ट बैंक देखिन्छ समिक्षा अवधीमा बैंकको खुद मुनाफा २६ करोड १८ लाख रुपैयाँमा सिमित छ । 

त्यसै गरी यो अवधिमा सबैभन्दा बढि ब्याज आम्दानी गर्ने बैंक पनि मुक्तिनाथ विकास बैंक नै बन्न सफल भएको छ । बैंकले समिक्षा अवधीमा १ अर्ब ५३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ । भने सबैभन्दा कम ब्याज आम्दानी लुम्बिनी विकास बैंकको रहेको छ यो अवधीमा बैंकले ७२ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो । 

त्यस्तै प्रतिसेयर आम्दानीमा भने यो अवधीमा सबैभन्दा बलियो महालक्ष्मी विकास बैंक देखिएको छ । दोस्रो त्रैमाससम्ममा बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ३० पैसा रहेको छ त्यस्तै सबैभन्दा कम प्रतिसेयर आम्दानी ज्योति विकास बैंकको रहको छ बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ १२ पैसामा सिमित देखिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको