Like us!
Follow us!
Connect us!
Watch us!

बीमा समिति बन्यो बीमा प्राधिकरण

अर्थ संसार

मंगलबार, २२ कार्तिक २०७९, ११ : ३२ मा प्रकाशित

बीमा समिति बन्यो बीमा प्राधिकरण

आजदेखि बीमा समिति नेपाल बीमा प्राधिकरण बनेकाे छ । आज (कार्तिक २२ गते, मंगलबार) देखि नेपालको संविधान बमोजिम सङ्घीय संसद्बाट बनेको बीमा ऐन, २०७९ लागू भएकाे छ ।

बीमा ऐन, २०७९ बमोजिम बीमा समिति 'नेपाल बीमा प्राधिकरण' मा रूपान्तरण भएकाे हाे ।  प्राधिकरणले आजैदेखि औपचारिक रूपमा काम समेत सुरू गरेको छ ।

बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको छ । ऐनको व्यवस्थाअनुसार हाल कायम समितिका अध्यक्षलगायत सञ्चालकहरूले स्वतः प्राधिकरण सञ्चालकमा निरन्तरता पाउनेछन् । यस्तै समितिका कर्मचारी र यसले गर्दै आएको काम कारबाहीको दायित्व पनि स्वतः प्राधिकरणमा सर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको