Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार नै सबै कम्पनीको कारोबार खुल्ने होइन, केही समय लाग्ला : धितोपत्र बोर्ड

बसन्त पाण्डे

विहीबार, २४ कार्तिक २०७९, १५ : ४७ मा प्रकाशित

आइतबार नै सबै कम्पनीको कारोबार खुल्ने होइन, केही समय लाग्ला : धितोपत्र बोर्ड

धितोपत्र बोर्डले गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ कार्यान्वयनमा ल्याएको छ। सो निर्देशिका आज बिहिबारबाटै लागू हुने जानकारी बोर्डले दिएको छ। सो निर्देशिका अनुसार अब मर्ज तथा प्राप्तिमा जाने कम्पनीहरुको सेयर कारोबार बढीमा १५ दिन मात्रै रोकिने भएको छ। 

सो निर्देशिकाको दफा १३ मा हाल गाभ्ने/गाभिने वा प्राप्तिको प्रकृयामा रही कारोबार रोक्का रहेका कम्पनीहरुको सेयर कारोबार फुकुवाको प्रकृया उल्लेख गरिएको छ। सो अनुसार कारोबार रोक्का रहेका कम्पनीहरुले आधारभूत बाहेकका साधारण सेयरधनीको सेयर कारोबार खुल्ला गर्न नेप्से र सीडिएसमा निवेदन दिनुपर्ने हुन्छ। त्यसपछि तत्कालै नेप्सेले ति कम्पनीहरुको कारोबार खुल्ला गराउनुपर्ने कुरा दफा १३ को उपदफा २ मा उल्लेख गरिएको छ। 

उपदफा ४ मा उल्लेख भएअनुसार कारोबार रोक्का भएका कम्पनीहरुले सम्बन्धित नियामकसँग स्वीकृति लिएपछि मात्रै कारोबार फुकुवाको लागि नेप्से र सिडिएसमा निवेदन दिन सक्नेछन। बैंक / वित्तिय संस्थाहरुले राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने छ भने बिमा कम्पनीहरुले बिमा प्राधिकरणबाट स्वीकृति लिनुपर्ने हुन्छ। 

निर्देशिका आजैका मितिबाट लागू भैसकेको भएता पनि हाल कारोबार रोक्का रहेका कम्पनीहरुको कारोबार कति समयभित्र खुलाईसक्नु पर्ने भन्ने विषयमा निर्देशिका बोलेको छैन। यस विषयमा बोर्डका सूचना अधिकारी तेज प्रसाद देवकोटासँग जिज्ञासा राख्दा बोर्डले मर्ज / प्राप्तिको प्रकृयामा रहेका कम्पनीहरुको कारोबार खोल्न निर्देशिकामार्फत बाटो खोलिदिएको र अब कम्पनीहरुले आफ्ना नियामकहरुसँग स्विकृती लिई नेप्से र सीडिएसमा कारोबार खुलाई पाउँ भनी निवेदन दिनुपर्ने बताए। आउने आइतबारबाटै रोक्का रहेका सबै कम्पनीहरुको कारोबार खुल्ने भन्दै केहि केहि संचारमाध्यमहरुले तपाईंको नाम कोट गर्दै लेखेका छन् नि भन्ने हाम्रो प्रश्नको जवाफ दिँदै आँफुले कसैलाई पनि आईतबारबाट कारोबार खुल्ने नभनेको भन्दै उनले रोक्का रहेका कम्पनीहरुले जति छिटो प्रोसेस गर्छन सोहि आधारमा कारोबार खुल्ने बताए। 

कम्पनीहरुले सम्बन्धित नियामकसँग सहमति लिई आधारभूत सेयरधनीहरुको विवरण तयार गरी नेप्से र सीडिएसमा निवेदन दिएपश्चात मात्रै रोक्का रहेका कम्पनीहरुको कारोबार खुल्ने भएकाले मर्जमा रहेका कम्पनीहरुको कारोबार खुल्न अझै केहि समय लाग्ने देखिएको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको