Like us!
Follow us!
Connect us!
Watch us!

फेरि सर्याे विश्वकप लाइभकाे सुनुवाई, अब कार्तिक ३० मा

अर्थ संसार

सोमबार, २८ कार्तिक २०७९, १७ : ०१ मा प्रकाशित

फेरि सर्याे विश्वकप लाइभकाे सुनुवाई, अब कार्तिक ३० मा

नेपालमा विश्वकप फुटबलको लाइभ प्रसारणबारे सर्वाेच्च अदालततमा परेकाे रिटकाे सुनुवाइ फेरि सरेकाे छ । अब अर्काे सुनुवाइ कार्तिक ३० गते, बुधबार हुनेछ । आज हुने भनिएकाे सुनुवाइ एउटा पक्ष अदालतमा उपस्थित नभएपछि अर्को पेशी ताेकिएकाे हाे ।

सर्वाेच्च अदालतमा विश्वकप फुटबल बारे २ वटा मुद्धा परेकाे थियाे । नेपालमा विश्वकप फुटबलको लाइभ प्रसारणबारे सर्वाेच्च अदालततमा परेकाे रिटकाे आज सुनुवाइ भएको छ । सर्वाेच्च अदालतमा विश्वकप फुटबल बारे २ वटा मुद्धा परेकाे थियाे ।

सर्वाेच्च अदालतले विश्वकप फुटबल हेर्नका लागि दर्शकबाट ५०० रुपैयाँ असुल गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियाे । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले विश्वकप देखाउन नेपाली दर्शकबाट प्रतिग्राहक ५ सय रुपैयाँ असूल्ने निर्णय तत्काल कार्यन्वयन नगर्न मिडिया हबको नाममा अल्पकालीन अन्तरिम आदेश दिएको थियाे ।

सर्वाेच्चकाे उक्त अल्पकालिन आदेशकाे विरूद्धमा मिडिया हबले सर्वाेच्च अदालततमा मुद्दा दायर गरेको थियाे । विश्वकप हेर्नको लागि दर्शकबाट ५०० रुपैयाँ असुल गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेश खारेजीको माग गर्दै मिडिया हबले सर्वोच्च अदालतमा रिट दायर गरेका थियाे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको