Like us!
Follow us!
Connect us!
Watch us!

अन्तत: नेपालीले ५०० रुपैयाँ तिरेर हेर्न पाउने भए विश्वकप लाइभ, सर्वाेच्चले दियाे आदेश

अर्थ संसार

बुधबार, ३० कार्तिक २०७९, १६ : २८ मा प्रकाशित

अन्तत: नेपालीले ५०० रुपैयाँ तिरेर हेर्न पाउने भए विश्वकप लाइभ, सर्वाेच्चले दियाे आदेश

अन्तत: नेपालीले विश्वकप फुटबलको लाइभ हेर्न पाउने भएका छन् । अतिरिक्त शुल्क लिएर विश्वकप फुटबल प्रसारण गर्ने निर्णय रोक्न माग गर्दै परेको मुद्दामा सर्वोच्च अदालतले पहिलेको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार विश्वकप फुटबलसम्बन्धी मुद्दामा आदेश दिएको हो।  याेसँगै अब नेपालीले ५०० रूपैयाँ तिरेर विश्वकप फुटबलकाे लाइभ हेर्न सक्नेछन् । 

यसअघि सर्वाेच्च अदालतले विश्वकप फुटबल हेर्नका लागि दर्शकबाट ५०० रुपैयाँ असुल गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियाे । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले विश्वकप देखाउन नेपाली दर्शकबाट प्रतिग्राहक ५ सय रुपैयाँ असूल्ने निर्णय तत्काल कार्यन्वयन नगर्न मिडिया हबको नाममा अल्पकालीन अन्तरिम आदेश दिएको थियाे ।

सर्वाेच्चकाे उक्त अल्पकालिन आदेशकाे विरूद्धमा मिडिया हबले सर्वाेच्च अदालततमा मुद्दा दायर गरेको थियाे । विश्वकप हेर्नको लागि दर्शकबाट ५०० रुपैयाँ असुल गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेश खारेजीको माग गर्दै मिडिया हबले सर्वोच्च अदालतमा रिट दायर गरेका थियाे ।

6374bf76db306.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको