अर्थ संसार, काठमाडौं– भदौ १३ गतेदेखि १२ औं नाडा अटो शो हुने भएको छ । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल एवं ग्लोवल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसको संयुक्त आयोजनामा नाडा अटो शो हुन लागेको हो ।
सवारी साधानको प्रदर्शनीका साथै नयाँ प्रविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुव्रिकेन्ट्स लगायतको प्रदर्शनी पनि हुने आयोजकले जनाएको छ ।
आईतबार राजधानीमा आयोजित कार्यक्रममा नाडा अटो शो आयोजना समवन्धी जानकारी दिदै नाडाका अध्यक्ष अञ्जन श्रेष्ठले सवारी साधन र त्यससम्वन्धी सूचना आदन प्रदान गर्न पनि नाडा अटो शो महत्वपूर्ण रहेको बताए ।
नाडाका अनुसार यो बर्षको अटो शोमा साना ठूला गरि एक सय ३० वटा स्टल रहनेछन् । ६ दिनसम्म चल्ने मेलामा ५० हजार अवलोकनकर्ता आउन अपेक्षा आयोजकको छ ।
यो मेलामा महजोडीलाई व्राण्ड एम्वेसडर वनाएको छ भने यो मेलावाट हुने आम्दानीवाट ५ लाख रुपैयाँ बाढी पिडीतको लागि राहात स्वरुप प्रदान गर्ने घोषणा नाडाले गरेको छ ।
सर्भोद्वारा प्रयोजित नाडा अटो शो २०१७ मा सावरी साधन तथा अटो क्षेत्रको विकासका लागि विभिन्न व्राण्डका सावारी साधन, पार्टपुर्जा तथा अन्य सेवाहरु ग्राहक समक्ष पुर्याउने तथा उपभोक्ताको कौतुहलता समाधान हुने पनि नाडाले जनाएको छ ।
यसमा ९० वटा संस्थागत सहभागिता रहने र प्रदर्शनीमा १६ वटा व्राण्डका ४ पाङ्ग्रे, १९ व्राण्डका दुई पाङग्रे तथा ६ वटा व्राण्डका हेवी कमर्सियल सावरी साधनको स्टल रहने जनाइएको छ ।
प्रवेश टिकट बम्पर उपहार स्वरुप आईएमई अटोमोटीभसले प्रायोजन गरेको युएम कमाण्डो २३० सीसी मोटरसाइकल समेत रहेको आयोजकले जनाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस