Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको सम्पूर्ण कर्जाको प्रिमियम दर अब अधिकतम ३.५ प्रतिशत मात्रै

अर्थ संसार

विहीबार, २८ मंसिर २०८०, १३ : ०८ मा प्रकाशित

कुमारी बैंकको सम्पूर्ण कर्जाको प्रिमियम दर अब अधिकतम ३.५ प्रतिशत मात्रै

कुमारी बैंक लिमिटेडले आफ्ना ऋणी ग्राहकहरुलाई सहज हुने गरी कर्जाको प्रिमियम दर घटाउने निर्णय गरेको छ । 

बैंकले सन् २०२४ को जनवरी १ देखि लागू हुने गरी कर्जाको प्रिमियम दर अधिकतम ३.५% रहने गरी लागू रहने जनाएको हो । यो नयाँ दर फोन लोन र क्रेडिट कार्ड बाहेक यस बैंकबाट प्रवाह भएका अन्य सबै प्रकारका कर्जाहरु उपभोग गर्ने नयाँ तथा पुराना सबै ग्राहकहरूमा लागू हुनेछ । 

कुमारी बैंकका अनुसार आफ्ना ग्राहकहरुको आर्थिक गतिविधि थप चलायमान होस् भन्ने उद्देश्यले प्रिमियम दर घटाउने निर्णय गरेको गरिएको हो । बैंकले ग्राहकहरुका गतिशील आवश्यकताहरु र निरन्तर परिर्वतन हुने वित्तीय परिदृश्यलाई पूरा गर्न समयानुकुल विभिन्न योजनाहरु प्रवर्धन गर्ने गरेको पनि उल्लेख गरेको छ । बैंकिङ्ग सेवामा उत्कृष्टताको आफ्नो परम्परालाई निरन्तरता दिँदै आफ्ना ग्राहक तथा समुदायको समृद्धिमा योगदान पुर्याउन बैंक सदैब तत्पर रहेको बैंकले जनाएको छ ।

कुमारी बैंकले देशव्यापी ३०९ शाखा-सञ्जाल, ३२० एटिएम, ६५ शाखारहित बैंकिङ्ग इकाई तथा ४९ एक्स्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको छ । आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने पनि बैंकले प्रतिबद्धता जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको