Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर नघट्नुको कारण राष्ट्र बैंकको ‘इन्ट्रेस रेट मेकानिजम’

लोकेन्द्र ढकाल

आइतबार, ३१ भदौ २०८०, २१ : २५ मा प्रकाशित

ब्याजदर नघट्नुको कारण राष्ट्र बैंकको ‘इन्ट्रेस रेट मेकानिजम’

बैंकहरुले असोज महिनाको ब्याजदर सार्वजनिक गरेका छन् । तरलता थुप्रियर ५ खर्ब माथि पुग्दा पनि बैंकहरुले असोज महिनाको ब्याजदर बढाएका छन् । २० वटा बाणिज्य बैंकहरु मध्य ८ वटा बैंकहरुले ब्याजदर बढाएका छन् । समान ८ वटाले ब्याजदर घटाएका छन् भने ४ वटाले यथावत राखेका छन् । सरकारी स्वामित्वको ३ वटै सरकारी बैकहरुले भने ब्याजदर घटाएका छन् । स्थानीय निकायको सञ्चित कोषमा रहेको ६३ अर्ब रकम अर्थ मन्त्रालयले निक्षेपको रुपमा बैंकहरुलाई गणना गर्न दिएपछि ब्याजदर घट्छ भन्ने अपेक्षा विपरीत बैकहरुले ब्याजदर बढाउँदा त्यसको कारण खोजी हुन थालेको छ । यसमा अर्थ मन्त्रालय, राष्ट्र बैंक तथा बैकरहरुले फरक फरक प्रतिक्रिया दिएका छन् । 

अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थ संसारको जिज्ञासामा भने, ‘सरकारी स्वामित्वका बैंकहरुले ब्याजदर घटाएका छन् । शुन्य ब्याजदरको स्थानीय तहको पैसा दिएपछि ब्याजदर घट्नुपर्छ भनेर हामीले बैंकर्सहरुलाई भनेका थियौ तर सबै बैंकहरुले ब्याजदर घटाएनन् । हामी यसको कारण खोज्दैछौ ।’

 नेपाल राष्ट्र बैंकका सह प्रवक्ता तथा सूचन अधिकारी डा. डिल्लीराम पोखरेलले ब्याजदर नघट्नुमा चार्डबार्डको मौसम भएकाले कर्जाको माग बढ्छ भनेर बैंकहरुले सोचेको हुनसक्ने बताए । उनले भने, बैंकहरुको आआफ्ना आवश्यकता तथा बाध्यता अनुसार चल्नुपर्ने भएकाले ब्याजदर फरक फरक भएको हो । 

बैंक तथा वित्तिय क्षेत्रका जानकार तथा विष्लेषक परशुराम कँुवर क्षेत्रीले राष्ट्र बैंकको ‘इन्ट्रेस रेट मेकानिजम’ का कारण बैंकहरुले ब्याजदर नघटाएको बताएका छन् । विस्लेषक कँुवरले भने, ‘राष्ट्र बैंक बोर्ड बैठकमा समेत यो कुरामा छलफल भएको भन्ने मैले सुनेको थिए तर चेन्ज केहि भएन्, राष्ट्र बैंकको ‘इन्ट्रेस रेट मेकानिजम’ अहिले जस्तो खालको छ, त्यसलाई चलाएनौ भने यो समस्या रहिरहन्छ ।’

उनले भने, हामीले ब्याजदरलाई दोष दिइरहेका छौ तर यहाँ राष्ट्र बैकको रुल्स एण्ड रेगुरेशनले काम नगरेको हो, मौद्रिक नीतिले काम नगरेको हो भन्दै समस्या राष्ट्र बैंकको पोलिसीमा रहेको औलाए । ग्लोबल आईएमई बैक लगायतका बैंक वित्तिय संस्थामा पूर्व प्रमुख कार्यकारी अधिकृत समेत रहिसकेका पूर्व बैंकर कुँवरले बैक तथा वित्तिय संस्थाहरुले राष्ट्र बैकको गाइडलाइन तथा सटेण्ड रेगुरेशन अन्तर्गत बसेर काम गर्नुपर्छ भन्दै महिनामा एकपटक मात्र ब्याजदर तलमाथि गर्न पाउने हुँदा बैंकहरुले ब्याजदर उच्च राख्ने गरेको बताएका छन् । उनले बैकहरुले महिनाको बिचमा ब्याजदर तरमाथि गर्न नपाउँदा कदम कदाचित महिनाभरमा बैकदर तल आइदियो भने डिपोजित अर्काले लैजाला भन्ने डर हुन्छ र डिपोजित नगुमोस भनेर बैंकहरुले ब्याजदर माथि नै राख्ने गरेको बताए । 

पूर्व बैकर कुँवरले मर्जरमा गएका बैंकहरुलाई राष्ट्र बैंकले एक बर्षको लागि ४ को ठाँउमा ५ प्रतिशत स्प्रेड दर (कर्जा र निक्षेप बिचको अन्तर¬) को सुविधा दिएको हुन्छ भन्दै अहिले नविल लगायत केहि बैंकहरुको एक बर्षे अवधि पुगेका कारण स्प्रेड दर ५ लाई ४ प्रतिशतमा झार्नुपर्दा पनि ती बैकहरुले ब्याजदर नघटाएको बताए । उनले भने, स्पे्रड दर ५ लाई ४ प्रतिशतमा ल्याउँदा ल्याण्डिङ रेट घटाउनु प¥यो, ल्याण्डिङ घटाउदा प्रिमियम पनि घटाउनु पर्यो, त्यसैले बैंकहरुले डिपोजित अर्काले नलगोस भनेर ब्याजदर उच्च राख्ने गरेको बताए । 
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको