Like us!
Follow us!
Connect us!
Watch us!

माघमा १८ वाणिज्य बैंकले घटाए ब्याजदर, दुईको स्थिर

अर्थ संसार

आइतबार, २९ पुस २०८०, ११ : ३१ मा प्रकाशित

माघमा १८ वाणिज्य बैंकले घटाए ब्याजदर, दुईको स्थिर

हाल सञ्चालनमा रहेका २० मध्ये दुईबाहेक सबै वाणिज्य बैंकले माघ महिनाका लागि ब्याजदर घटाएका छन् ।

माघ १ गतेदेखि लागू हुने ब्याजदर अनुसार व्यक्तिगत मुद्दतितर्फ सबैभन्दा धेरै सिटिजन्स बैंकले ९.१५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ भने सबैभन्दा कम कृषि विकास बैंकको ७.२६ प्रतिशत रहेको छ । यसैगरी संस्थागततर्फ सबैभन्दा धेरै एनएमबी बैंकले ९.१५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ भने सबैभन्दा कम स्टान्डर्ड चार्टर्ड बैंकको ५.२५ प्रतिशत रहेको छ । ब्याजदरमा सबैभन्दा ठूलो गिरावट गर्ने बैंकमा भने प्राइम बैंक रहेको छ । बैंकले पुसमा व्यक्तिगत मुद्दतिमा १० प्रतिशत दिँदै आएको ब्याज माघमा झारेर ८.१ प्रतिशत पुर्याएको छ । संस्थागततर्फ पनि पुसमा दिएको ८.१ प्रतिशत ब्याज घटेर ६.१ प्रतिशत पुगेको छ ।

औसतमा हेर्दा सबै वाणिज्य बैंकको व्यक्तिगत मुद्दतिमा ब्याजदर ८.१६७ प्रतिशत रहेको छ । यसैगरी संस्थागत मुद्दतितर्फ सबै बैंकको औसत ब्याजदर ६.१२३५ प्रतिशत रहेको छ । निक्षेपको ब्याजदरमा गिरावट आउँदै गर्दा स्प्रेड रेटमा हिट भई कर्जाको ब्याजदरसमेत घट्दै जाने देखिन्छ । केही समय पहिले साधारण बचतमै बैंकहरुले दिँदै आएको ब्याजदर अहिले मुद्दतिमा आइपुगेको हो । माघ महिनामा ब्याजदरमा परिवर्तन नगर्ने बैंकतर्फ एभरेस्ट बैंक र एनएमबि बैंक रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको