Like us!
Follow us!
Connect us!
Watch us!

रिडी पावरको नाफा ९६ प्रतिशतले घट्यो, अन्य अवस्था कस्तो ?

अर्थ संसार

बुधबार, ३० कार्तिक २०७९, ०६ : ४७ मा प्रकाशित

रिडी पावरको नाफा ९६ प्रतिशतले घट्यो, अन्य अवस्था कस्तो ?

रिडी पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफामा गिरावट देखिएको छ ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले १ करोड ४४ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ जुन गत आर्थिक बर्षको यसै अवधिका तुलनामा ९६.८२ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४५ करोड ५४ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बिक्रि सहित अन्य आम्दानी ९ करोड २९ लाख ३१ हजार रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको यस्तो मुनाफा ६३ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

समिक्षा अवधिमा कम्पनीको लगानी र अन्य आम्दानीमा गिरावट आएको हो । अघिल्लो बर्ष यस्तो शिर्षकमा कम्पनीको नाफा ६० करोड ८ लाख रूपैयाँ रहेको अहिले समिक्षा अवधिमा घटेर २७ करोड ५० लाख रूपैयाँमा सिमित हुन पुगेको छ जसका कारण नाफा समेत प्रभावित हुन पुग्यो । 

त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब १० करोड ६३ लाख रुपैयाँ र जगेडा कोषमा ४९ करोड ७३ लाख ७३ हजार रूपैयाँ रहेको छ । पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी घटेर ५ रुपैयाँ २२ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १४४ रुपैयाँ ९६ पैसा पुगेको छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छः

637436c7664c8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको